back
NMB ad

ललितपुर किन ‘हस्तकलाको जिल्ला’ घोषणा हुन सकेन ?

Kumari bank ad

ललितपुर। एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत निजी क्षेत्रको लामो अबधिको प्रयासको बाबजुत पनि ललितपुर ‘हस्तकलाको जिल्ला’ घोषणा हुन सकेको छैन । तीन वर्षदेखि हस्तकलाको जिल्ला घोषणा गर्न माग गर्दै आएको ललितपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रवीन्द्र ताम्राकारले बताए ।

“उद्योग मन्त्रालय यसमा सकारात्मक भए पनि बजेट निकासा गरेको छैन,” उनले भने । हस्तकलाको जिल्ला घोषणा हुँदा औद्योगिक क्षेत्र मात्रै नभएर सिङ्गो जिल्लाको विकासमा सहयोग पुग्ने ताम्राकारको भनाइ छ ।

हस्तकलामा धेरै नागरिक संलग्न भए पनि यसको व्यवसायीकरण हुन सकेको छैन । उनी भन्छन्, “हस्तकलामा संलग्न धेरै व्यवसायीभन्दा पनि कामदार मात्रै भएका छन् ।” हस्तकलाको जिल्ला बनाउन सकिएमा कालीगढले आफैँ फाइदा लिन सक्ने ताम्राकारको भनाइ छ ।

जिल्लामा हस्तकला परम्परागत पेसाका रुपमा रहेको छ । यहाँका धेरै व्यवसायीले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन् । नगरका भित्री भाग र अन्य टोल टोलमा धातुकला, काष्ठकलालगायत काम हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले हस्तकलालाई ४२ प्रकारमा विभाजन गरेको छ । तीमध्ये अधिकांश प्रकारका हस्तकला ललितपुरमा पाइन्छ ।

प्रकाशित मितिः २०७३ पुस २१

वि.सं.२०७३ पुस २१ बिहीवार १७:०० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...