back
NMB ad

माइक्रोफाइनान्सको आइपिओ खुल्दै, हेर्नुहोस् कहाँकहाँबाट भर्न मिल्छ सेयर आवेदन

Kumari bank ad

काठमाण्डौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले सय रुपैयाँ अंकित दरका ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएकोछ ।  माघ ९ गतेबाट भर्न मिल्ने उक्त साधारण सेयर ६ करोड रुपैयाँ बराबर मूल्यको रहेको कम्पनीले जनाएकोछ ।

दुवही सुनसरी प्रधान कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोफ़ाईनान्स वित्तीय संस्थाको सेयरलाई ईक्रा नेपाल लिमिटेडले फरवार्ड कम्युनिटीलाई आइपिओ ग्रेड ४ प्लसको प्रमाण पत्र दिएको छ।  संस्थाले ३० हजार कित्ता सेयर कर्मचारी, ३० हजार कित्ता म्युचुअल फण्ड र  ५ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलार्इ छुट्टयाएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहको  छ । सेयर छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते निष्काशन बन्द हुनेछ ।  लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सकिने व्यबस्था छ ।

यसैगरी, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिनेछ ।

१४ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत बर्ष १७ करोड ७७ लाख रुपैयाँ मुनाफा कमाएको थियो । नेटवर्थ ३५० रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १२६।९५ रुपैयाँ रहेको छ।

२६ पुस २०७३, १२।००

वि.सं.२०७३ पुस २६ मंगलवार १२:५७ मा प्रकाशित

You can share this post!

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...