back
NMB ad

रातभर खनिन्छ,बिहानै पुरिन्छ उपत्यकाका सडक !

Kumari bank ad

काठमाडौ । उपत्यकामा सडक खनेर खानेपानी पाइप बिच्छ्याउने काम धमाधम भैरहेको छ। मेलम्चीको पानी उपत्यकामा भित्र्याउने अन्तिम तयारीमा पाइप विस्तार र ट्यांकीहरु निर्माणको काम चलिरहेको छ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सडक खन्ने, पाइप बिच्छ्याउने र खनेको सडक पुरेर छाड्ने गरिन्छ। त्यही सडकमा दिनभर सवारी गुड्छन्, यात्रुहरु कुँद्छन्। फेरी राति उहि समय तालिकामा काम चल्छ।

पाइप बिछ्याउन खनिएका मूल सडकमा डोजर र लोडर लगाएर अस्थायी मर्मतको काम पनि सँगसँगै चलिरहेको छ । खनेको ठाउँमा पाइप बिच्छ्याएर पुरेर मात्रै छाड्ने गरिएको भन्दै आलोचना भएपछि आयोजनाले सडक सम्याउने, खाल्डाहरु पुर्ने, धुलो र हिलो हुन नदिने र लोडर लगाएर सडक कसिलो बनाउने गरेको छ।

उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची उपआयोजना–२ अन्तरगत मेलम्चीको पानी ल्याउनका लागि पूर्वाधार तयार पार्ने काम तीब्र गतिमा भैरहेको छ। यहि क्रममा सडक खनेर अस्तव्यस्त पारेको भन्दै चर्को आलोचना पनि हुनेगरेको छ।

आलोचना बढेपछि हिजोआज सरकारका सम्बन्धित निकाय र पदाधिकारीको ध्यान पनि खिचिएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय हिजोआज सडक खन्ने कामको निरीक्षणमा खटिएका देखिन्छन्।

‘रातिमा सडक खन्ने र पाइप बिच्छ्याउने कामको स्थलगत निरीक्षण गरिरहेका छौं,’ उपाध्यायले भने ‘दिउसोमा पानी स्टोर गर्ने टंकी निर्माणको काम पनि हेरिरहेका छौं।’ धुलो, हिलो कम गर्न र अव्यवस्थित सडकलाई सुधार्नका लागि आयोजनालाई निर्देशन दिइएको र कामको प्रत्यक्ष निगरानी र स्थलगत अध्ययन गरिरहेको उपाध्यायले बताए।

खुमलटार, बालाजु, बाँसबारी र कलंकी लगायतका स्थानमा ट्यांकी निर्माणको कामको अध्ययन गरिरहेको र जाउलाखेल, बानेश्वर, एयरपोर्ट, गौशाला, गोपी कृष्ण हल लगायत पाइप बिच्छ्याउने काम चलिरहेका क्षेत्रमा रात्रिकालिन अवलोकन पनि गरिरहेको उपाध्यायले बताए। उनका अनुसार मन्त्रीतहबाट पनि बेलाबेलामा अवलोकन गर्ने र आयोजनलाई निर्देशन दिने काम भैरहेको छ।

मन्त्री, सचिवसहितको सरकारी टोलीको अनुगमनका क्रममा आयोजना तर्फबाट आयोजना प्रमुख तिरेश प्रसाद खत्री, उपप्रमुख अनिलभद्र खनाल, हिमेष आनन्द बैद्य, अयोजना व्यवस्थापक नन्द खनाल, पनर्वास विज्ञ गिरीबहादुर सुनार लगायतका अधिकारीहरु र विज्ञ संलग्न हुने गरेका छन्।

नागरिकन्यूज अनलाईनबाट साभार

प्रकाशित मितिः २०७३ पुस २८

वि.सं.२०७३ पुस २८ बिहीवार १४:४६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...