back
NMB ad

कोसीटप्पुका पाँच भाले र १५ वटा पोथी अर्ना चितवन राष्ट्रिय निकुञ्ज आउँदै

Kumari bank ad

चितवन । कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना ल्याउनका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक सहितको टोली माघको पहिलो हप्ता त्यसतर्फ जाने भएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार माघ ४ गते प्राविधिक र दक्ष कामदार त्यसतर्फ जाने भएका हुन्।

निकुञ्ज विभागका उपमहानिर्देशकको उपस्थितिमा अर्ना स्थानान्तरणसम्बन्धी अन्तिम बैठक सम्पन्न भएको बताउँदै उहाँले कोसीबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका पाँचवटा हात्तीमध्ये दुईवटा पठाइसकिएकाले अर्ना नियन्त्रणमा लिन त्यहीँका हात्ती परिचालन गरिनेछ। डार्ट गरेर बेहोस बनाई ल्याउनुपर्ने भएकाले चितवन राष्ट्रिय निकुञ्जबाट वरिष्ठ पशु चिकित्सकसहित १५ जनाको टोली त्यसतर्फ जाने तयारीमा छ।

बेहोस बनाएपछि अर्नालाई खोरमा राखेर ल्याइनेछ। यसअघि गैँडा स्थानान्तरणका लागि बनाइएको एउटा खोर र अर्नाका लागि हालै बनाइएको दुईवटा खोर गरी तीनवटा खोर अर्ना पहिलो चरणमा ल्याउने तयारी गरिएको कँडेलले बताए। चार देखि ६ वर्ष उमेर समूहका अर्ध वयस्क अर्ना ल्याइँदैछ। निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर ९इन्क्लोजर० निर्माण कार्य सम्पन्न भएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ। भुइँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर छ फिट अग्लो खोर बनाइएको उनले बताए।

खोरमा वरिपरि सोलार ९ विद्युतीय० फेन्सिङ गरिएको छ जसका कारण अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन्। अर्नाको सबैभन्दा ठूलो शत्रु बाघ हो। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेकाले बथानमा परिणत नभएसम्म अर्नालाई खोरमै राख्ने तयारी गरिएको छ।

खोरसम्म जानका लागि सौराहाबाट ६ किलोमिटर र कसराबाट २० किलोमिटर दूरी पार गर्नुपर्छ। सो स्थानसम्म जाने बाटोसमेत मर्मत गरिएको कँडेलले बताए। खोर नजिक मचान रहेको छ। सोही मचानमा रहेर अर्नाको अनुगमन गरिनेछ।

कोसीटप्पु वन्यजन्तु आरक्षबाट पाँच भाले र १५ वटा पोथी अर्ना ल्याउन लागिएको हो। सदर चिडियाखानामा रहेका दुई अर्ना पनि यहाँ ल्याइँदैछ। अर्नापछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पाँच भाले र २० वटा पोथी बाह्रसिङ्गे पनि ल्याइने भएको छ।

इन्क्लोजरभित्र चार सय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसेमैदान हो। एकै ठाउँमा रहेका वन्यजन्तु अर्को ठाउँमा स्थानान्तरण गर्दा महामारी रोगको प्रकोपबाट बचाउन सकिने हुँदा निकुञ्ज विभागले देशका विभिन्न राष्ट्रिय निकुञ्ज र आरक्षबाट वन्यजन्तु स्थानान्तरण गर्दै आइएको छ।

गत वर्ष मात्रै चितवन राष्ट्रिय निकुञ्जबाट पाँचवटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, हात्ती लगायतका जनावर हेर्न बर्सेनि दुई लाख हाराहारीमा पर्यटक आउने गर्दछन्।

सुनसरीका सरोकारवालाले भने कोसीटप्पु वन्यजन्तु आरक्षको दिगो विकास योजनालाई अघि नसारी अर्ना स्थानान्तरण गर्न लागिएकोमा आपत्ति जनाउँदै आएका छन्।

२९ पुस २०७३, रासस, ११।००

वि.सं.२०७३ पुस २९ शुक्रवार ११:५२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...