back
NMB ad

छक्कापञ्जाको पाइरेसी आरोप लागेका युवकले गरे आत्महत्या

Kumari bank ad

काठमाण्डौं । चलचित्र छक्कापन्जा पाइरेसीको अभियोग लागेका श्रीकृष्ण सुवेदीले आत्महत्या गरेका छन् । चितवनका सुवेदीले काठमाडौं महानगरपालिका ९ बिजयचोकमा भाडामा बस्दै आएका कोठामा आत्महत्या गरेको गौशाला प्रहरीले जनाएकोछ ।

कोठामा गलबन्दीले सिलिङ पंखाको हुकमा पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। केही समय अघि उनीसहित ४ जना लाई महानगरीय अपराध महाशाखाले पक्राउ समेत गरेको थियो। पछि दीपकराज गिरीले पक्राउ परेकालाई थुनामा नराख्न प्रहरीसँग आग्रह गरेपछि उनीहरु छुटेका थिए।

सुवेदीले सुसाइड नोट पनि लेखेका छन् । जसमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू भनिएको छ भने बैंकमा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनू भनिएको छ । तर, उनको सुसाइड नोटमा छक्का पन्जा पाइरेसीको आरोपबारे भने केही लेखिएको छैन ।

फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड भएको थियो भने आजै चलचित्र युनिटले युट्युवबाट चलचित्र रिलिज गरेको थियो । १६ करोड बढिको कारोबार गरेको फिल्म नेपाली वक्सअफिसको सर्वाधिक सफल फिल्म हो।

२९ पुस २०७३, ३।००

वि.सं.२०७३ पुस २९ शुक्रवार १५:२९ मा प्रकाशित

You can share this post!

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...