काठमाडौ । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंकले सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले भार्गवलाई १ः१ अनुपातमा हकपद सेयर जारी गर्न अनुमति दिएको हो । अब भार्गवले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । यो सेयर बिक्री भएपछि बैंकको चुक्ता पुँजी २४ करोड रूपैयाँ पुग्नेछ ।
हाल बैंकको चुक्ता पुँजी १२ करोड रूपैयाँमात्र छ । भार्गवको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्दैछ । भागर्वले चालु बैंकले लगानीकर्तालाई गत वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर दिएको छ ।
प्रकाशित मितिः २०७३ पुस २९
वि.सं.२०७३ पुस २९ शुक्रवार १५:०३ मा प्रकाशित