back
NMB ad

शसस्त्रद्धन्दकालमा विस्थापित बैंक शाखा उद्घाटन गर्दै अर्थमन्त्रीः सबैलाई पुनःस्थापित गरिन्छ

Kumari bank ad

बागलुङ। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले नेपाल बैंक लिमिटेड, गलकोट शाखाको उद्घाटन गरे । सशस्त्रद्वन्द्वमा विस्थापन भएपछि सो शाखा हालै मात्र पुनःस्थापना भएको हो ।

सो अवसरमा उपप्रधानमन्त्री महाराले मुलकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै बैंक तथा वित्तीय संस्थालाई ग्रामीणमुखी हुनपर्नेमा जोड दिए । नागरिकको घर–घरमा बैंकिङ सेवा पुग्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘नागरिकको जीवनस्तर उकास्नतिर बैंक केन्द्रित हुनुपर्छ ।’

उपप्रधानमन्त्री महाराले ‘मुलुकको आर्थिक समृद्धिका लागि बैंक तथा वित्तीय संस्था महत्वपूर्ण आधार हुन्’ भन्दै विगतको द्वन्द्वले बन्द हुन पुगेका सबै वित्तीय संस्थालाई पुनःस्थापना गरिने स्पष्ट पारे ।

संसद्को प्रक्रियामा छिरेको संविधान संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्दै उनले सङ्घीय संरचना कार्यान्वयनमा आउनसाथ मुलुकको विकासले गति लिने विश्वास व्यक्त गरे । बैंकको आफ्नै पुरानो भवन जीर्ण भएकोले तत्कालका लागि भाडाको घरबाट सेवा सञ्चालनमा ल्याइएको छ । बैंकले बचत सङ्कलन, कर्जा प्रवाह, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विप्रेषण लगायतका सेवा प्रवाह गरिरहेको शाखा प्रबन्धक लक्ष्मण रखालले जानकारी दिएका छन् ।

शाखाले थप सेवा विस्तार गर्दै जाने जनाइएको छ । हालका लागि शाखामा शाखा प्रबन्धकसहित तीनजना कर्मचारी छन् । विस्थापित बैंक पुनः खुलेपछि स्थानीवासी उत्साहित बनेका छन् । बैंक सञ्चालनसंगै विकास योजनाको रकम, कर्मचारीको तलब भत्ता, निवृत्तिभरण लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अब हटेको छ ।

उक्त शाखाबाट गलकोट भेगका दर्जन भन्दाबढी गाविसले प्रत्यक्ष लाभ लिनेछन् । २०३३ सालमा स्थापना भएको शाखा द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएका थियो ।

प्रकाशित मितिः २०७३ माघ १

वि.सं.२०७३ माघ १ शनिवार १६:२८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...