back
NMB ad

सात कम्पनीले जारी गर्दैछन् करोडौंको सेयर, कम्पनी छान्नुहोस्, सेयर हाल्नुहोस्

Kumari bank ad

काठमाण्डौं । धितोपत्र बोर्डमा अहिले सात जलविद्युत् कम्पनी सर्वसाधारणमा सेयर निकाल्न पाइपलाइनमा रहेका छन् । अहिले धितोपत्र बोर्डमा स्थानियको लागि सेयर जारी गर्न अनुमती माग्दै आँखु खोला जलविद्युत्, मैलुङ खोला जलविद्युत् , युनाइटेड मोदी, गरज्याङ उपत्यका हाइड्रोपावर, राधी विद्युत् कम्पनी, जोशी हाडड्रोपावर र रईरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी धितोपत्र बोर्ड पुगेका हुन् ।

स्थानियमा सेयर जारी गरिसकेको युनाइटेड मोदीले सर्वसाधारणको लागि १७ लाख २५ हजार ९१७ करोड २५ लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । युनाइटेड मोदीलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । प्रतिसेयर १ सय रुपैयाँ रहने यी कुल सेयरमध्ये ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको थियो । ९ दशमलव ९ मेगावाटको लोअर मोदी–१ सञ्चालन गरिरहेको कम्पनीले १० दशमलव ५ मेगावाटको लोअर मोदी–२ निर्माण गर्ने भएको छ । कास्केड प्रोजेक्टको रूपमा रहने यो आयोजनाको निर्माण लागत १ अर्ब ७७ करोड रहने अनुमान गरिएको छ ।

आँखुखोला जलविद्युत आयोजनाले २० लाख कित्ता (२० करोड रुपैयाँको) सेयर जारी गर्ने भएको छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड ५ रेटिङ प्रदान गरेको छ । प्रतिसेयर १०० रुपैयाँ रहने कूल सेयरहरुमध्ये ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याइने भएको छ । बाँकी रहेको सेयरमा कम्पनीका कर्मचारी, सामुहिक लागनी कोष र सर्वसाधरणले आवेदन दिन पाउनेछन् । कम्पनीले धादिङको सल्यानकोट र मार्पाक गाविसमा ८।४ मेगावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ ।

रईरङ हाड्रोपावर कम्पनीले ५ लाख ६० हजार कित्ता सेयर स्थानियमा जारी गर्ने भएको हो । कम्पनीको बिक्रीप्रबन्धकमा एस क्यापिटल रहेको छ । कम्पनीको वेबसाइट अनुसार दुई आयोजना रहेको छ । रइरङ २००४ यता सञ्चालनमा रहेको छ भने इवाखोला सञ्चालनमा आउँन बाँकी रहेको छ ।

मैलुङ खोला जलविद्युत् स्थानियमा ३ लाख ६८ हजार कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको सेयर जारी गर्दैछ । ४ लाख १० हजार कित्ता सेयर स्थानीय प्रभावीत बासिन्दाका लागि र ६ लाख १५ हजार कित्ता सेयर सर्वसाधरणको लागि जारी गर्ने भएको हो । कम्पनीको सेयरलाई ईक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ ।  कम्पनीले आईपिओ जारी गरेर उठाउने पैसा यस सम्वन्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले कम्पनीले पहिलो चरणमा स्थानीयको लागि ३ करोड ७१ लाख रुपैयाँ (३ लाख ७१ हजार कित्ता) सेयर जारी गर्ने भएको हो । कम्पनीले स्थानिय जनताको लागि सेयर जारी गर्ने अनुमती माग्दै पुस १२ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । जलविद्युत् कम्पनीले स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्ने नियम रहेको छ । स्थानिय सहित सर्वसाधारणमा ३० प्रतिशत सेयर जारी गर्ने सम्भावनालाई आधारमान्दा ७ करोड ४२ लाख रुपैयाँको सेयर जारी हुन सक्ने सम्भावना रहेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

गरज्याङ उपत्यका हाइड्रोपावरले स्थानियको लागि २ लाख कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट रहेको छ ।

३ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ३ सोमवार १३:०६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...