back
NMB ad

पाँच हजार लिएर सेयर बजार छिरेका व्यक्तिले कमाए दुई अर्ब अमेरिकी डलर भन्दा बढी

Kumari bank ad
भारतीय सेयर बजारका एक चर्चित नाम हो- राकेश झुनझुनवाला । सन् १९६० मा जन्मेका झुनझुनवालाले २५ वर्षको उमेरदेखि नै सेयर बजारमा लगानी गर्न थालेका थिए । झुनझुनवालाले पहिलो पटक सन् १९८५ मा पाँच हजार रूपैयाँ पुँजीबाट लगानी सुरु गरेका थिए । पुँजी सानो भए पनि सपना ठूलो बोकेर लगानी दुनियाँमा प्रवेश गरेका उनको सम्पति अहिले दुई अर्ब अमेरिकी डलर भन्दा बढी पुगिसकेको छ ।
झुनझुनवाला चार्टर्ड एकाउन्टेन्ट हुन् । उनी पढाइ सक्ने बित्तिकै स्टक मार्केटमा प्रवेश गरेका थिए । लगानी कौशल भएकै कारण उनी छोटो समयमै पोख्त सेयर कारोबारी भनेर चिनिन सकेका थिए । कारोबार (ट्रेडिङ) र लगानी (इन्भेस्टमेन्ट) सँगसँगै अघि बढाउन सक्ने कौशलताले नै झुनझुनवालालाई सफलतातर्फ उन्मुख गरायो । त्यसैले उनलाई दलाल स्ट्रिटको ‘बिग बुल’ पनि भन्ने गरिन्छ ।
झुनझुनवालाको पहिलो सोच लगानीकर्ता बन्ने थियो । तर पाँच हजारको पुँजीले दीर्घकालीन लगानी गर्न सम्भव नभएकाले छिटोछिटो ट्रेडिङ गर्न थाले । सन् १९८५ मा स्टक मार्केट छिर्दा जम्मा पाँच हजार रूपैयाँ बोकेका उनले १९८८ सम्ममा आइपुग्दा सेयर कारोबारबाट करिब ८० लाख रूपैयाँसम्म नाफा कमाउन सके । अब उनलाई अल्पकालीन कारोबारबाट दीर्घकालीन लगानी गर्ने पुँजी जुट्यो ।
झुनझुनवालाले ‘सिसा गोवा’ भन्ने फलाम खानीसम्बन्धी कम्पनीमा गरेको लगानी ब्रेक थ्रू भयो । सन् १९८८ मा प्रतिकित्ता २६–२७ रुपैयाँ दरमा झुनझुनवालाले सिसा गोवाको पाँच लाख कित्ता सेयर किने । उनको अनुमान थियो एक बर्षमा यो बढेर ६०–६५ पुग्छ तर तीन महिना मै यस कम्पनीको सेयर भाउ उनले अनुमान गरेजति पुगिहाल्यो । छोटो समयमै भाउ चुलिएपछि उनले त्यस कम्पनीको धेरैजसो सेयर प्रतिकित्ता ६० रुपैयाँका दरले बेच्न भ्याइहाले ।
सन् १९९२ मा सिसा गोवाको बाँकी रहेको अन्तिम २५ हजार कित्ता पनि उनले प्रतिसेयर २२ सय भारुसम्ममा बेचेका थिए । यसरी झुनझुनवालाले सात वर्षमै आफ्नो नेटवर्थ पाँच हजार रुपैयाँबाट चार करोड पुर्याउन सफल भएका थिए । हाल झुनझुनवाला ‘रेअर इन्टरप्राइजेज’मा आफ्नै पोर्टफोलियो व्यवस्थापनमा व्यस्त रहेका छन् ।
झुनझुनवालाको यस्तो छ दीर्घकालीन लगानी शैली१. पहिले लगानी अनि मात्र अनुसन्धान :झुनझुनवाला भन्छन् कहिलेकाँही बजारले राम्रो अवसर दिइरहेको हुन्छ, त्यस्तो बेला सेयर किनिहाल्नुपर्छ अनि मात्र अनुसन्धानको कामतिर लाग्नुपर्छ । उनले लुपिन नामक औषधि उत्पादक कम्पनीमा लगानी गर्दा यही मन्त्र प्रयोग गरे । लुपिनको एउट उत्पादनले ३६ करोड अमेरिकी डलर बराबरको बजार ओगटेको थियो र झुनझुनवालाले अरु केही पनि नसोची सीधै त्यसमा लगानी गरे ।

झुनझुनवालाका अनुसार कम्पनीमा लगानी गर्न गर्ने चार महत्वपूर्ण आधार 
बाहिरी अवसर वा माग :  कुनै पनि कम्पनीको सेवा वा उत्पादनको माग कति छ, त्यसमा विशेष ख्याल गर्ने ।
संस्थापक :  कम्पनीको संस्थापन पक्ष सबल हुनुपर्छ ।
आवश्यक पुँजी : कम्पनीको पुँजीलाई पनि राम्रो ध्यान दिने ।
मूल्य निर्धारण : तपाई के किन्नुहुन्छ र कति मूल्यमा किन्नुहुन्छ भन्ने निकै महत्वपूर्ण हुन्छ । झुनझुनवाला भन्छन् आफूले किन्ने बेला सेयरको मूल्य कति छ भनेर चाहिँ निकै घोत्लिनुपर्छ ।
२. चर्चामा नआएका कम्पनी भनेर कहिल्यै बेवास्ता नगरौं : झुनझुनवालाका अनुसार धेरै गुणा प्रतिफल पाउन चर्चित कम्पनी कै सेयर हुनुपर्छ भन्ने छैन । उनी आफू पनि स्टक चर्चामा नआएका बेला वा कतिपय अवस्थामा चर्चामा नआएका कम्पनीमा नै लगानी गर्न रुचाउँथे । यसो गर्दा स्टक सस्तोमै पाइने उनको बुझाई छ ।
३. लोभ र भयलाई सन्तुलनमा राख्ने : कारोबारी वा दीर्घकालीन लगानीकर्ता जे भए पनि नाफा कमाउन मात्र नभई बजारमा टिकिरहन पनि लोभ र भयलाई ब्यालेन्स गर्नुपर्ने झुनझुनवाला सुझाउँछन् । उनी भन्छन्, ‘लोभी पनि हुनुपर्छ तर दीर्घकालीन लोभी ।’ तर लोभ र डरलाई आफ्नो निर्णयमा प्रभाव पार्न दिनु नहुने उनको भनाइ छ ।
झुनझुनवालाको अल्पकालीन कारोबार शैली :
– किन्नलाई कुनै मूल्य ठूलो हुँदैन भने बेच्नलाई पनि कुनै पनि मूल्य सानो हुदैन ।
– कारोबारलाई लगानीमा नमिसाउने ।
– के राख्ने र कहिले बेच्ने भनेर चाहिँ जान्नैपर्छ । कहिले किन्ने अनि कहिले बेच्ने भनेर थाहा पउान आवश्यक छ ।
– बजारको ट्रेन्ड अनुसार चल्ने । घाटा भइहाल्यो पनि सेयर बजारमा तर्सिहाल्नु हुँदैन ।
– मूल्य पहिलो सूचक हो । सानो कदमबाट ठूलो फड्को मारिने भएका कारणले अब के  हुँदैछ भन्ने थाहा पाउने मूल्यलाई पहिलो सूचक मान्ने ।
झुनझुनवालाले सेयरमा मात्र नभई हिन्दी चलचित्रमा पनि लगानी गरेका छन् । उनले ‘कि एन्ड का’ नामक चलचित्रको निर्माण गरेका छन् ।
६ माघ २०७३, समिर गौतम, नेपालीपैसा, ११।००

वि.सं.२०७३ माघ ६ बिहीवार १२:२९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...