back
NMB ad

राष्ट्रिय प्रशारण लाईनमा ६ मेगावाट बिद्युत् थपियो

Kumari bank ad

कावेली करिडोर १३२ केभी प्रसारण लाइनअन्तर्गत फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।बिहीबार साँझबाट केन्द्रीय प्रसारण लाइनमा ६ मेगावाट विद्युत् थपिएको कावेली करिडोर प्रसारण लाइनका आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।

यसअघि पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित १० मेगावाट विद्युत् त्यसै खेर गइरहेको थियो । दश मेगावाटमध्ये ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिएको हो । झापाको दमकदेखि पाँचथर र ताप्लेजुङको सिमाना कावेलीको दुविचौरसम्म ९० किलोमिटर प्रसारण लाइन रहेको छ । त्यसअन्तर्गत चारवटा सवस्टेसन रहेका छन् । फिदिमको थापाटारमा जोडिएको सवस्टेसनसँगै अहिलेसम्म तीनवटा स्टेसनको काम सकिएर केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको द्विवेदीले बताए ।

उक्त प्रसारण लाइनमा २५८ वटा टावर निर्माण हुनेछन् । दमकदेखि गोदकसम्म ९५ वटा टावर र गोदकदेखि अमरपुरसम्म ९५ वटा टावर निर्माण भइसकेको छ । २०६७ जेठ १४ गतेबाट मात्रै आयोजनाको काम अघि बढेको हो । विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु तीन अर्ब ५९ करोडको लागतमा सो आयोजनाको काम अगाडी बढाइएको हो ।

प्रकाशित मितिः २०७३ माघ ७

वि.सं.२०७३ माघ ७ शुक्रवार १७:०७ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...