back
NMB ad

मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक गाभिन सैद्धान्तिक सहमति

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक बीच एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोज बहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा.पुष्पराज कँडेलले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरुको रोहवरमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

Photo1

मेगा बैंकका अध्यक्ष शाहले सहमति बमोजिम मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने बताए । “अन्तिम शेयर आदान प्रदान अनुपात म्म्ब् प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको शेयर आदान प्रदान अनुपात १०० : ९५ तय गरिएको छ । साथै मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जर पछिको संस्थामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको रुपमा निरन्तरता पाउने छन् ।

मेगा बैंकको हालको चुक्ता पुँजी रु. ४ अर्ब १ करोड, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेको र टुरिजम् डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाख, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु रहेको मेगा बैंकका सिईओ अनिल केशरी शाहले जानकारी दिए । आगामी साधारण सभाले स्वीकृत गरेको खण्डमा मेगा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२÷७३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५% बोनस शेयर जारी गर्ने सिफारिश गरेको उनले बताए । साथै टुरिजम् डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाखमा १८.६०% बोनस शेयर प्रस्ताव गरेको छ । हालै मात्र टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि बिकास बैंक र कालिन्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी २४ पौष २०७३ बाट संयुक्त कारोबार सञ्चालन गरेको छ ।

Photo3 (1)

सिईओ शाहले दुबै बैंकको शेयर रोक्काको प्रकृया अघि बढाईएको र यथाशिघ्र नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गराइने बताए । देश विकासको सबल पक्ष एवं क्षेत्रहरुलाई ध्यानमा राखेर मेगा बैंकले आफ्नो बैंकिङ्ग सेवा तथा गतिविधहरुलाई प्राथमिकतामा राख्दैै आएको सन्दर्भमा, टुरिजम् डेभलपमेन्ट बैंकले पर्यटन क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरेको व्यवसायलाई अझै थप उचाईमापुर्याउनु पनि यो मर्जरको एक मुख्य उद्देश्य रहेको उनले बताए । यो मर्जरबाट मेगा बैंकलाई आगामी दिनहरुमा थप प्रभावकारी एवं विविध वित्तीय सेवाहरु प्रदान गर्न सक्षम बनाउने विश्वस लिएको समेत शाहले बताए ।

वि.सं.२०७३ माघ ८ शनिवार ०९:४४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...