back
NMB ad

स्ववियु निर्वाचनका लागि सबै विद्यार्थी तयार

Kumari bank ad

काठमाडौ। आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन सबै सरोकार निकाय तयार देखिएको छ । नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयले आठ वर्षसम्म हुन नसकेको निर्वाचन जसरी पनि गराउनु पर्नेमा जोड दिँदै निर्वाचनका लागि सबै तयार रहेको बताए ।

त्रिविका खेलकुद तथा विद्यार्थी कल्याण शाखाका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले त्रिवि स्ववियु निर्वाचनसम्बन्धि नियम विनियम, निर्देशिका र आचारसहिंता बनाउने काममा जुटिरहेको बताए ।

कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले त्रिवि स्ववियु निर्वाचन गर्न सदैव तयार रहेकोले विद्यार्थी नेतृत्व तयार देखिनुपर्ने बताए ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले पनि आगामी स्ववियु निर्वाचनका लागि आफ्नो सङ्गठन तयार रहेको बताए ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले आफ्नो सङ्गठनको जित र हारको मतलब नै नगरीकन निर्वाचन गराउनु एकमात्र एजेन्डा रहेको बताइन् । उनले सबै सङ्गठन चुनावको पक्षमा देखिएकाले चुनावलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ ध्यान दिइनुपर्ने बताइन् ।

त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष गङ्गा तिमिल्सेनाले आफ्नो सङ्गठन हरेक निर्वाचनमा सहभागी हुँदै आएको भन्दै आठ वर्षदेखि हुन नसकेको निर्वाचनका लागि यसपटक गर्न आफ्नो सङ्गठन तयार रहेको बताए । तराई–मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष यादवले कुनै परिस्थितिमा पनि आगामी स्ववियू निर्वाचन सबैले मिलेर गराउनुपर्ने विचार राखे ।

प्रकाशित मितिः २०७३ माघ ८

वि.सं.२०७३ माघ ८ शनिवार १५:१५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...