back
NMB ad

आइपिओमा आस्बा बाहेकको सामान्य प्रणालीबाटै एक अर्बभन्दा बढीको आवेदन, आज अन्तिम दिन

Kumari bank ad

काठमाण्डौं ।  फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयरका लागि आस्बा बाहेकको सामान्य प्रणालीबाट दुई दिनमा एक अर्ब बढीको आवेदन परेको छ । माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंगका अनुसार आस्बाको तथ्यांक भने आउन बाँकी नै छ ।

नेपाल धितोपत्र बोर्डले कार्यान्वायनमा ल्याएको आस्बा लागु भए पछि पहिलो पटक निष्काशन भएको साधारण सेयरमा सामान्य प्रकृयाबाट १० हजार बढी आवेदनबाट एक अर्ब बढीको आवेदन परेको नबिल इन्भेष्टले जनाएको छ । उसका अनुसार आस्बाको तथ्यांक सेयर निष्काशन बन्द भए पछि मात्र आउने छ ।

माइक्रोफाइनान्सले गत आइतबारदेखि निष्काशन गरेको छ लाख कित्ता साधारण सेयर आज बुधबारबाट बन्द हुँदैछ । एक सय रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार कित्तासम्मका लागि आवेदन दिनु पर्ने हुन्छ ।

सुनसरीको दुहबीमा केन्द्रीय कार्यालय रहेको संस्थाले निष्काशित सेयर मध्ये ३० हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ भने ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी पाँच लाख ४० हजार कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन गर्नु पर्ने हुन्छ ।

माइक्रोफाइनान्सको आईपिओमा आस्बा प्रणालीबाट बाहेक लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सकिने व्यबस्था छ । यसैगरी, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिनेछ ।

१२ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १२ बुधवार १२:०९ मा प्रकाशित

You can share this post!

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...