back
NMB ad

आइपिओ र एफपिओको संकलित रकम राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हट्यो, के हुन्छ अब ?

Kumari bank ad

काठमाडौ। नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्काशन (आइपिओ र एफपिओ) मा संकलित रकम नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हटाएको छ । धितोपत्र बोर्डले धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा ९४० मा रहेको व्यवस्था कार्यान्वयन नगर्ने निर्णय गरेको हो । बोर्डको यस्तो निर्णयसँगै तरलता व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

सो निर्देशीकामा “धितोपत्र निष्काशन गर्दा निष्काशन बैंकमा जम्मा भएको रकम धितोपत्र बिक्री बन्द भएको छ कार्यदिन भित्र नेपाल राष्ट्र बैंकमा खाता खोली कम्तिमा छ कार्यदिनको लागि जम्मा गर्नुपर्नेछ । यसरी नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गरिएको रकम बोर्डको अनुमति लिएर मात्र झिक्नुपर्नेछ ।” भनिएको थियो । सो व्यवस्थाले बजारमा तरलतामा अभाव सृजना भएको भन्दै बोर्डले तत्कालका लागि हटाएको हो ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिनाको आफ्नो वित्तीय अवस्थाबारे नेपाल राष्ट्र बैंकमा विवरण पेश गर्नुपर्ने व्यवस्था बमोजिम गरिरहेको र सार्वजनिक निष्काशनमा बोर्डले आस्वा प्रणाली लागू गरिसकेकोले पनि सो व्यवस्था हटाएको बोर्डले जनाएको छ ।

यसबाट निष्काशनकर्ता संगठित संस्था र निष्काशन तथा विक्री प्रबन्धकहरुले झन्झटिलो महशुस गरिएको व्यवस्थामा सहजिकरण हुनुको साथै बेला बेला बजारमा देखीने तरलता सम्बन्धी समस्या कम हुने बोर्डले दावी गरेको छ ।

प्रकाशित मितिः २०७३ माघ १४

वि.सं.२०७३ माघ १४ शुक्रवार १३:०६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...