back
NMB ad

सडकको यो काम छिटो सक्नुहोस् बजेटको कमी हुनेछैन

Kumari bank ad

जाजरकोट। निर्माणाधीन जाजरकोट—जुम्ला सडकको खलङ्गा—पाँचकाटिया सडकखण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले काम छिटो गर्नुहोस् बजेट अभाव हुँदैन भनेपछि स्तरोन्नतिको काम सुरु गरिएको हो । जिल्लाका दर्जनौँ सडकमा अहिले थप बजेटको व्यवस्था समेत गरिएको छ ।

सडक डिभिजनको रु एक करोड ९८ लाख लागतमा सडक निर्माण कार्य सुरु गरिएको छ । सडक निर्माणको जिम्मा मृत सन्जिवनी खड्का कृष्ण जेभी कन्स्ट्रक्सनले लिएको छ । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो ।

खलङ्गा—पाँचकाटिया सडकखण्डभित्र रहेको २१ किलोमिटर दूरीमा एक लाख ३६ हजार घनमिटर माटो कटिङ, माटो फिलिङलगायतको काम गरिने ठेकेदार रत्न खड्काले बताए । यो सडकमा जिप र ट्र्याक्टर हिउँदको समयमा गुड्ने गर्दछन् । सडकको स्तर वृद्धि गर्न थालेपछि स्थानीय खुसी भएका छन् । यो सडकमा ट्र्याक ओपन गर्दा २१ किलोमिटरमा रु सात करोडभन्दा बढी खर्च भइसकेको छ । अहिले सडकको स्तर वृद्धि नभएका कारण बर्सेनि स्थानीय समस्या भोग्दै आएका थिए ।

प्रकाशित मितिः २०७३ माघ १८

वि.सं.२०७३ माघ १८ मंगलवार १५:४७ मा प्रकाशित

You can share this post!

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...