back
NMB ad

हिमालयको नयाँ विमान काठमाडौ आईपुग्यो

Kumari bank ad

काठमाडौ। अन्तर्राष्ट्रिय उडान भर्दै आएको निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एअरलायन्सले थप नयाँ विमान भित्र्याएको छ । हिमालयका पाइलट फ्रेन्च नागरिक क्याप्टेन ओल्ट्राले उडाएर ल्याएको उक्त विमानको विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

यो सँगै कम्पनीको विमान सङ्ख्या दुई पुगेको छ । यसअघि सन् २०१६ मार्चमा यही सिरिजको विमान ल्याइएको थियो । हाल कतारको दोहा र श्रीलङ्काको कोलम्बो उडान भर्दै आएकामा यही माघको अन्तिम सातादेखि मलेसियाको क्वालालम्पुर र म्यानमारको याङ्गुनमा उडान भर्ने कम्पनीका महाप्रबन्धक (बजार व्यवस्थापक) राजु केसीले जानकारी दिए ।

एन–एएलभी’ नेपाली रजिस्ट्रेसन नम्बर रहेको उक्त नयाँ विमानमा १५८ सिट छ । तिब्बत एअरलायन्सको पनि संयुक्त लगानी रहेको हिमालयले सन् २०१७ भित्र दुईवटा विमान थप गर्ने योजना रहेको जनाएको छ ।

आगामी मार्च २० तारिखसम्म अर्को विमान आइपुग्ने महाप्रबन्धक केसीले बताए । उक्त विमान साउदी अरबको दमाम र भारतका गन्तब्यमा उडाउने योजना छ, यद्यपि, भारतका लागि उडान अनुमतिको पहल भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार माघ २८ देखि क्वालालम्पुर र फागुन १३ गतेदेखि याङ्गुनमा उडान सुरु हुनेछ । हप्ताको पाँच दिन क्वालालम्पुर र दुई दिन याङ्गुनमा उडान सञ्चालन गर्ने योजना छ ।

एअरलायन्सले काठमाडौँ–क्वालालम्पुर–काठमाडौ (राउन्ड ट्रिप)का लागि सुरुवाती टिकट दर रु २५ हजार ३७५ र क्वालालम्पुर–काठमाडौँ–क्वालालम्पुर (राउन्ड ट्रिप)का लागि मलेसियन रिङ्गेट नौ सय २८ तोकिएको छ ।

त्यसैगरी काठमाडौँ–याङ्गुन–काठमाडौँका लागि २९ हजार ६ सय रुपैयाँ (राउन्ड ट्रिप) र याङ्गुन–काठमाडौँ–याङ्गुनको (राउन्ड ट्रिप)का लागि ३२० अमेरिकी डलर कायम गरिएको कम्पनीले जनाएको छ ।

हिमालयको दुई विमानसँगै हाल नेपाल वायु सेवा निगम (एअरलायन्स)को तीनवटा गरी अब पाँच विमानले अन्तर्राष्ट्रिय उडान भर्नेछन् । निगमले आगामी २०७४ सालभित्रै थप दुई वाइड बडी भित्र्याउने तयारी गरेको बताइएको छ ।

प्रकाशित मितिः २०७३ माघ १९

वि.सं.२०७३ माघ १९ बुधवार १३:१२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...