back
NMB ad

सरकारले शिक्षामा कालो व्यापार गरेको प्याब्सन उपमहासचिव बानियाँको आरोप

Kumari bank ad

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का उपमहासचिव राजेन्द्र बानियाँले सरकारले शिक्षाको नाममा कालो व्यापार गरेको आरोप लगाएका छन् । विभूति विद्या मन्दिरको १०औं अभिभावक दिवसका अवसरमा उपमहासचिव बानियाँले निजी विद्यालय दर्ता गर्न तीन लाख रुपैयाँ तिर्नु पर्ने तर सरकारी तलब र भत्ता खाएर सञ्चालन गरेको दरबार हाई स्कुलको अवस्था नाजुक हुँदै गएको सन्दर्भ उल्लेख गर्दै यस्तो बताएका हुन् ।

उनले सरकारको बजेटमा ११ प्रतिशत शिक्षाकै लागि खर्च हुँदा पनि सरकारी विद्यालयहरुको अवस्था सुध्रिन नसकेको प्रति चिन्ता व्यक्त गर्दै निजी विद्यालयले आफ्नै लगानी र मेहनतमा गरेको प्रगतिको प्रशंसा गरे । अधिकांश समय सरकारको शिक्षा प्रणालीमा खर्चनु भएका बानियाँले निजी विद्यालयलाई कुनै सुविधा नदिएको तर हरेक विद्यार्थीको टाउकोमा कर थुपारिदिएको बताए । एक अर्को प्रसंगमा उनले सरकारलाई बनमारा घाँस र निजी विद्यालयलाई फूलको शंज्ञा दिदै निजी विद्यालयलाई सरकारले हेर्ने दृष्टीमा परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उक्त अवसरमा विद्यालयले प्रकाशन गरेको द्वैमासिक पत्रिका ‘विभूति आवाज’को लोकार्पण गरिएको थियो ।

प्रकाशित मितिः २०७३ माघ २२

वि.सं.२०७३ माघ २२ शनिवार १९:०७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...