back
NMB ad

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरु उत्साहित

Kumari bank ad

वीरगन्ज । प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित र उत्साहित भएका छन्। बारा जिल्लाको ऐतिहासिकस्थल सिमरौनगढमा परियोजनाको कार्यालय स्थापना भएपछि त्यस क्षेत्रमा उत्कृष्ट क्षेत्र मत्स्यपालन कार्यक्रम अघि बढाइएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बारा, (मत्स्य उत्कृष्ट क्षेत्र) वार्षिक स्वीकृति कार्यक्रमअनुसार वर्तमान सरकारले रु ३६ करोड विनियोजन गरेर त्यस क्षेत्रका सिमरौनगढ नगरपालिका, बचोरबा, भगवानपुर, बेलैनी तथा पेतबारी गाविसको एक हजार हेक्टर क्षेत्रफलमा माछापोखरी खन्ने काम सुरु गरेको परियोजना प्रमुख युगलकिशोर तिवारीले बताए।

मत्स्यपालन गर्ने किसानलाई रु १० हजार प्रतिकट्ठाका दरले अनुदान दिइनेछ। त्यस्तै ३० कट्ठा जग्गामा रु तीन लाखको दरले अनुदान दिइन्छ। सोही कार्यक्रम अन्तर्गत प्राकृतिक मल कारखाना, कृषि कलेज स्थापना, पोस्ट हार्भेस्ट सेन्टर स्थापना, कस्टम हाइरिङ सेन्टर र जैविक विषादी केन्द्र स्थापना गर्ने लक्ष्य छ।

नौ सय ५० हेक्टर क्षेत्रफलमा माछापोखरी निर्माण, ५० हेक्टर क्षेत्रफलमा नर्सरी स्थापना तथा माछाको ह्याचरी स्थापना गर्ने लक्ष्य छ। सरकारले मुलुकका सात प्रदेशमा सात उत्कृष्ट क्षेत्र कार्यक्रम स्थापना गर्ने लक्ष्यअनुरुप बारामा पनि सो कार्यक्रम सञ्चालन गरिएको हो।

२३ माघ २०७३, रासस, ११।००

वि.सं.२०७३ माघ २३ आइतवार १२:०० मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...