back
NMB ad

सुरु भयो भ्यालेण्टाईन विक, आज ‘रोज डे’, नेपालमा एक करोड गुलाबको फूलको कारोबार

Kumari bank ad

काठमाण्डौं । भ्यालेण्टाईन डे अर्थात् प्रणय दिवसको आज पहिलो दिन ुरोज डेु हो। आफ्नो प्रिय मान्छेसँग गुलाब आदानप्रदान गरेर प्रणय दिवसलाई स्वागत गरिँदैछ। रोज डेबाट सुरु हुने यो पर्व १४ फेब्रुअरीमा पुगेर भ्यालेन्टाइन्स डेको उत्कर्षमा सकिन्छ।

रातो गुलाब आफैंमा प्रेमको प्रतीक हो। प्रेमलाई अनेक प्रतीक र बिम्बमा व्यक्त गर्ने गरिए पनि यो दिवसमा सबैभन्दा धेरै गुलाबकै चर्चा हुन्छ। यस वर्षको प्रेम दिवसका लागि दुई लाख स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । खपत हुने गुलाबमध्ये एक लाख स्वदेशी उत्पादन हुनेछ भने बाँकी एक लाख भारतबाट ल्याइने छ । गत वर्ष पनि सोही अनुपातमा गुलाबको कारोबार भएको थियो । हरेक वर्ष रु एक करोड गुलाबको आर्थिक कारोबार हुने गरेको छ ।

को हुन् भ्यालेन्टाइन ?
सन् २६९ फेब्रुअरी १४ मा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन्स डे सुरुवात भएको हो। रोमन सम्राट क्लाउडियस द्वितीयले नारीसँग हिमचिम बढाएकै कारण दरबारका सैनिकबाट गोप्यता चुहिन सक्ने भन्दै उनीहरूको प्रेम सम्बन्ध र विवाहमै रोक लगाइदिए।

विशाल सेना निर्माणमा लागेका क्लाउडियसले युवाहरूलाई सेनामा भर्ती हुन आह्वान पनि गरे। युद्ध र रक्तपातबाट आजित युवा भर्ती हुन चाहेनन्। झनै आक्रोशित भएका सम्राटले चर्चमा समेत विवाह नगराउन उर्दी जारी गरे।

एक सन्त भ्यालेन्टाइनले शासकको यस्तो क्रूर नियम उल्लंघन गर्दै सैनिकलाई प्रेम गर्न प्रेरित गरे आफैं पनि प्रेममा परे। लुकिछिपी सैनिकको विवाह गराउन उनी सफल भए। पछि उलाई जेल हालियो। जेलरकी एक छोरी उनलाई भेट्न आइरहन्थिन्। भ्यालेन्टाइनले आफ्नो मृत्युदण्डबारे थाहा पाइसकेका थिए। उनले तिनै जेलरकी छोरीलाई धेरै प्रेम गर्न थालेको उल्लेख गर्दै पत्रको अन्त्यमा लेखेका थिए– ‘फ्रम योर भ्यालेन्टाइन।’

फेब्रुअरी १४ मा भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो। उनलाई कतै झुन्ड्याएर त कतै भिया फ्लेमिनियामा जलाएर मारिएको भनाइ छ। प्रेम र मानवताका पुजारी भ्यालेन्टाइनले मृत्युवरण गरेको यही दिनको सम्झनामा हरेक फेब्रुअरी १४ मा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो।

त्यतिबेला सन्त भ्यालेन्टाइन्स नाम गरेका तीन जना थिए। तीनै जनाले आफ्नी प्रेमिकाकै लागि मृत्युवरण गरेका थिए, फेब्रुअरी १४ मै।

एक थिए रोमका पुजारी। शासकको नियम उल्लंघन गर्दै उनले सैनिक र युवाहरूको बिहे गराउनका साथै प्रेम गर्न उत्प्रेरित गरेका थिए। अर्का भ्यालेन्टाइन सन् १९७ तिर टर्नीमा व्यापार गर्थे। उनलाई तत्कालीन बादशाह औरिलियनले मार्ने आदेश दिएका थिए। क्याथोलिक इन्साइक्लोपेडियाका अनुसार अर्का भ्यालेन्टाइनचाहिँ अफ्रिकाको एक कम्पनीमा आबद्ध थिए।

२५ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २५ मंगलवार १३:३४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...