back
NMB ad

सगुनको २ करोड डलर बराबरको मिनी आइपिओ खुल्यो

Kumari bank ad

काठमाण्डौं । सामाजिक सञ्जाल सगुनको सेयर बिक्री खुला भएको छ। सर्वसाधारणबाट २ करोड डलर संकलन गर्ने उद्देश्यले सगुनले अनलाइन प्रणालीमार्फत सेयर बिक्री खुला गरेको हो। बिहिबारदेखि संसारका जुनसुकै स्थानमा रहेका व्यक्तिले यसमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ।

एक हप्ताअगाडि मात्रै संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगले सगुनलाई सेयर निश्कासनको स्वीकृति दिएको थियो । उक्त स्वीकृति पश्चात कम्पनीले ग श्रेणीको ८ लाख ६९ हजार ५ सय ६४ कित्ता साधारण सेयरलाई प्रतिकित्ता २३ अमेरिकी डलरमा बिक्री सुरु गरेको हो। यसको सेयरधनी बन्नका लागि कम्तीमा १३ कित्ता अर्थात २ सय ९९ डलरको किन्नुपर्नेछ।

सेयर बिक्री सुरु गर्नुअघि कम्पनीले लगानीको लागि प्रतिबद्धता आह्वान गरेको थियो। जसमा अमेरिका, क्यानडा, भारत, बेलायत, दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, युएई, इजरायल, लगायत देशबाट ४ हजारको संख्याले ७० लाख डलरभन्दा बढीको प्रतिबद्धता जनाएका थिए।

विदेशमा लगानी गर्नेसम्वन्धी कानून नभएकाले नेपालभित्रबाट भने सगुनमा लगानी गर्न पाइँदैन। नेपालबाहिर रहेका गैरआवासीय नेपालीले पनि लगानी गर्न सक्नेछन्।

२७ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २७ बिहीवार १६:१३ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...