back
NMB ad

भैरहवा मेलामा ऊट नाच्यो दर्शक रमाए 

Kumari bank ad

नरेश के.सी
भैरहवा । धेरै नेपालीले ऊट देखेका छैनन कतिपयले त नाम समेत सुनेका छैनन । ऊट मरुभूमीमा रहने जनावर हो । तर समय र परिस्थीतिले मरुभूमिको ऊट अहिले भैरहवा आएको छ । भैरहवा आएको मात्रै होइन अहिले भैरहवाको मेलामा मरुभूमिमा मात्रै देखिने ऊटले पुरानो डुंगाको गीतमा नाचेंर रिसाएर दर्शकहरुलाई फकाइरहेको छ ।

डण्डा नदिमा नयां डुंगामा नेपाली झण्डा फहराउदैं दर्शकहरु हुटिंग गरिरहदा नदीको किनारमा रहेको मेलाको सचिवालय नजिकै रहेको ऊटले नेपाली कथानाक चलचित्र पुरानो डुंगाको बहुचर्चित गीत निर जैले रिसाउने जैले रिसाउने, कहिले होला माया संग माया मिसाउने गीतमा छमछमी नाचेर दर्शक बटुल्न सफल भएको छ ।
स्टलहरु घुम्दा घुम्दै थाकेर लखातरन परेका मेला अवलोकन गर्न आएका दर्शकहरुलाई मरुभूमीमा बस्ने ऊटले नेपाली गीतमा ताल मिलाई मिलाई नाचेको

bhairahawa mela5
देख्दा थाकेर जवरजस्ती मनमनै उठेको रिस पनि त्यसै हराएर जाने गरेको दर्शकहरुले जनाए ।

गएको मंसिर १० गते रिलीज भएको पुरानो डुंगाको गितका गायककार कालि प्रसाद बास्कोटाको उक्त गीतमा ऊट नाच्दा दर्शकहरु अत्यन्तै आश्चर्यचकित भएका देखिन्थे । ऊट ताल मिलाई मिलाई नाचिरहदा छेऊमै रहेको संसारकै सबैभन्दा ठूलो पंक्षि अस्ट्रीच पनि नाचिरहेको देखिन्थ्यो ।
यता विहीबार डण्डामा अर्को डुंगा पनि थपीएको छ भने आयोजकहरुले भारतीय अतिथीहरुलाई निम्तो गर्न सीमावर्ति भारतीय बजारमा प्रमोशन कार्यक्रम गरेका छन् ।
मेलामा हस्तकला देखी बुद्ध सर्किटको फोटो प्रदर्शनी, निशुल्क इन्टरनेट सुविधा, भैरहवा आइडल र राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहेको मेला मुल आयोजक समिती सदस्य भोजेन्द्र खत्रीले जनाए ।

bhairahawa mela10

गएको मंगलबारदेखी भैरहवामा राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक व्यापार मेला २०७३ चलिरहेको छ । मेला पर्व अहिले नेपालमै फेसन जस्तै भइरहेको बेला भैरहवामा चालु मेलामा भने विभिन्न आकर्षक तत्व रहेको देखिएको छ । मेला आयोजकले दर्शकहरु तान्नकोलागी विभिन्न आकर्षक तत्वलाई समायोजन गर्ने भरमग्दुर प्रयास गर्ने गर्दछन् । त्यसै मेसोमा भैरहवाको मेला आयोजक सिद्धार्थ होटल एशोसियसन (सान) र रूपन्देही क्रिकेट संघले पनि मेलालाई सबैको सल्लाहअनुसार व्यवस्थापन गरिरहेको मेला सल्लाहकार मनोरन्जन शर्माले जानकारी दिए । मेला आयोजक सानका अध्यक्ष समेत रहेका मेला समितीका संयोजक चन्द्रप्रकाश श्रेष्ठले मेलालाई थप आकर्षण गराउन डण्डामा बोटिंग, स्टेचमा भैरहवा आइडल र स्टलमा ऊट नाचले दर्शक तानेको प्रतिक्रिया दिए ।

bhairahawa mela1
माघ २७

वि.सं.२०७३ माघ २८ शुक्रवार ०७:०२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...