back
NMB ad

एमाले र मधेसी मोर्चाबीच यसरी भईरहेको छ गोप्य संवाद,अब राजनीतिमा के हुन्छ ?

Kumari bank ad

काठमाडौ । डेढ वर्षयताको तिक्तता मेट्दै एमाले र मधेसी मोर्चा नेताहरु संवादमा सक्रिय भएका छन्। १६ बुँदे सहमति र संविधान निर्माणसगै बढेको दूरी घटाउन दुवै पक्षको शीर्ष नेतृत्वको सहमतिमा दोस्रो तहका नेताहरु यो साताभरि भेटवार्ताहरुमा अग्रसर भए।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलका दोस्रो तहका नेताहरुले एमाले पक्षसँग संवाद गरिरहेको खुलाए। एमाले नेताहरुले पनि ठाकुरको भनाई पुष्टि गर्दै मोर्चासग कुराकानी भइरहेको बताए।

मोर्चासित एमालेको तर्फबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले वार्ताको अग्रसरता लिएका छन्। मोर्चाबाट तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्णले संवाद बढाइरहेको स्रोतले भन्यो। कर्णले भने आफू बैठकहरुमा सहभागी नरहेको बताए। मोर्चा नेताहरुको दाबीमा पछिल्लो एक सातायता भएका चरणबद्ध भेटहरु एमाले अध्यक्ष केपी ओलीको चाहनामा दोस्रो तहका नेताहरुको तर्फबाट आयोजना भएका हुन्। एमाले स्रोत भने मोर्चाभित्र उदार विचार राख्ने पक्ष आफैं संवाद बढाउन अग्रसर भएको दाबी गर्छ।

‘मधेसी मोर्चासित संवादहीनता तोडियो, अब छलफल सुरु भएको छ,’ एमालेको तर्फबाट पछिल्ला भेटहरुमा सहभागी सचिव प्रदीप ज्ञवालीले भने, ‘यी भेटहरुको बारेमा अध्यक्षलाई सबै जानकारी छ। तर परिणामको बारेमा हामी ढुक्क छैनौं।’ मोर्चाभित्र एमालेलाई हेर्नेबारे दुई धार रहेकाले आफूसित संवादरत पक्षले सिंगो मोर्चालाई एमालेसग सहकार्य गर्ने तहसम्म ल्याउछ भन्नेमा आफूहरुलाई कम विश्वास रहेको एमालेका अर्का नेताले बताए। ‘तर एमालेलाई बाहिर राखेर एजेन्डाहरु टुंगो लगाउन सकिन्न भन्ने रियलाइजेशन उहाहरुलाई भएजस्तो देखियो, कुराकानीको क्रममा,’ ती नेताले भने।

एमाले उपाध्यक्ष भीम रावलले भने मोर्चा पक्षसग भएका वार्ताहरु अनौपचारिक प्रकृतिकै रहेको दाबी गरे। ‘देशलाई अप्ठेरो परेका बेला सबैसग कुरा गरौं भन्ने स्पिरिटमै मोर्चासग कुरा भएको हो,’ रावलले भने, ‘औपचारिक किसिमले कुरा गर्न बाकी छ।’ उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सत्ता आलोपालो सहमतिको म्याद गुज्रिन लागेकाले नया सम्भावनाहरुको खोजी गर्दै चुनावसम्म जाने मार्गचित्रबारे एमाले–मोर्चाबीच कुराकानी भइरहेको छ। स्रोतका अनुसार एमाले नेताहरुले जेठमै चुनाव गर्नका लागि स।विधान संशोधन विधेयक पारित गरिहाल्न अनावश्यक जोड नदिनका लागि मोर्चालाई सुझाव दिएका छन्। ‘एकैचोटि तीनवटा चुनाव कात्तिक र मंसिरमा गरौं, तीमध्ये पहिले संसदकै चुनाव गरौं भन्ने हाम्रो भनाई मोर्चालाई राखिसकेका छौं,’ ती एमाले नेताले भने, ‘उहाहरुले सल्लाह गरेर आउछौं भन्नुभएको छ।’

एमाले पक्षको भनाई पुष्टि गर्दै मोर्चाका उच्च नेताले आफूहरुको चाहना पनि स्थानीय चुनावमा नभएको, एमालेले प्रदेश र स्थानीय चुनाव पहिले नचाहलेकाले अब संसदीय चुनावकै लागि सहमति हुन सक्ने सम्भावना बताए। ‘एमालेका साथीहरुले आफ्नो कुरा खुल्लै ढंगले राख्नुभएको छ, अब हाम्रोबीचमा न्युनतम धारणा बन्न सक्यो भने छलफल गर्न सजिलो हुन्छ,’ मोर्चा नेताले भने, ‘हामीले संविधान स।शोधन विधेयक एमालेकै पुरानो प्रस्ताव भएको भन्दै त्यो पहिले छिनोफानो गर्न भनेका छौं, सीमांकनबार एमालेले आयोग बनाई त्यसैका जिम्मा छाडिदिउँ, बरु आयोगको समयसीमा घटाएर ३ महिनामा झारे आफूलाई फरक पर्दैन भनिरहेको छ। यसमा ठोस कुरा मिल्न बाकी छ।’

मोर्चाको तर्फबाट एमाले नेतृत्वसँग संवाद गर्नेहरुमध्येका नेता सर्वेन्द्रनाथ शुक्लले माधवकुमार नेपाल, भीम रावललगायत नेताहरुसग कुरा भएको खुलाए। दुवै पक्षले यी सबै भेटघाट र वार्ताहरु कहा भएका हुन् भन्नेबारे स्पष्ट खुलाएनन्। शुक्लले यत्ति भने, ‘एमालेका साथीहरुले प्रायः भेट्ने भनेको नयाँ बानेश्वरतिरै हो। मिलाएर बुझ्नुस्।’ आफ्नो प्रभाव रहेका मधेसी जिल्लाहरुमा एमालेलाई अवरोध पुर्‍याउँदै आएको मधेसी मोर्चा काठमाडौंमा भने दूरी घटाउन अग्रसर भएको छ। कान्तिपुर दैनिकबाट

फाईल फोटो
प्रकाशित मितिः २०७३ माघ २८

वि.सं.२०७३ माघ २८ शुक्रवार ०८:१८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...