back
NMB ad

धितोपत्र बोर्डद्वारा अबको १५ दिनभित्रै आइृपिओ बाँडफाँडको निर्देशन

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले बित्त बजारमा देखिएको तरलता अभाव समाधानमा सहयोग पुर्याउन नेपाल लाईफ र फरवार्ड कम्युनिटी माईक्रोफाईनान्सलाई फागुन १३ गतेभित्र सेयर बाँडफाँड गर्न निर्देशन दिएको छ ।

बोर्डले हिजो बिहीबार प्रेस बिज्ञप्ति जारी गरी दुबै कम्पनीलाई फागुन १३ गतेभित्र सार्वजनिक निश्काशन गरिएको सेयर बाँडफाँड गर्न निर्देशन दिईएको जनाएका छन् ।

बिज्ञप्तिमा भनिएको छ, वित्तीय बजारमा परेको तरलताको समस्या र त्यसको प्रतिकूल असर धितोपत्रको दोस्रो बजारमा समेत परेको देखिएकोले यस अवस्थालाई दृष्टिगत गरीे हालसालै सार्वजनिक निष्काशन गर्ने कम्पनीका साधारण सेयरको छिटो बाँडफाँट गर्ने व्यवस्था गरी तरलताको स्थितिलाई सहज पार्न सहयोग गर्न बोर्डले सम्बन्धित निष्काशन तथा विक्री प्रबन्धकहरुलाई निर्देशन दिएको छ ।

बोर्डले भनेको छ, हालसालै थप सार्बजनिक निष्काशन गरेको नेपाल लाईफ ईन्स्योरन्स कम्पनी लिको धितोपत्रको बाँडफाँड साविकको व्यवस्था अनुसार निष्काशन बन्द भएको मितिले ६० दिन भित्र गर्नुपर्नेमा बोर्डले दिएको निर्देशन अनुसार ४० दिन भित्र अर्थात मिति २०७३।११।१३ (आजको दिन देखि १५ दिन) सम्ममा, र प्रारम्भिक सार्वजनिक निष्काशन गरेको फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिको धितोपत्र बाँडफाँड विक्री बन्द भएको मितिले ५० दिन भित्र गर्नुपर्नेमा बोर्डले दिएको निर्देशन अनुसार ३० दिन भित्र अर्थात मिति २०७३।११।१३ (आजको दिन देखि १५ दिन) सम्ममा गर्नुपर्ने गरी सम्बन्धित निष्काशन तथा विक्री प्रबन्धकहरु क्रमशः सिद्धार्थ क्यापिटल लि। र नविल इन्भेष्टमेण्ट बैंकिङ्ग लिलाई निर्देशन दिइएको छ ।

२८ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २८ शुक्रवार १०:४२ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...