back
NMB ad

कांग्रेसले गर्यो सत्ता समिकरण परिवर्तनका कुरा !

Kumari bank ad

कैलाली । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके सत्ता समीकरण परिवर्तन हुने बताएका छन् । कैलालीको धनगढीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले वैशाखको दोस्रो अथवा तेस्रो हप्तासम्ममा निर्वाचन सम्पन्न गराउने हो भने त्यसका लागि हाम्रो पार्टीले धैर्यधारण गर्ने, यदि त्यसो नभएमा पहिलेको सहमतिअनुसार सत्ता समीकरण परिवर्तन हुने जानकारी दिए ।

नेता श्रेष्ठले यो संविधानलाई लागू गर्नका लागि मधेसवादी दल, आदिवासी, जनजाति, पश्चिम तराईका थारुलगायतका कुरा सुन्नु आवश्यक रहेको बताए । उनले २०७२ सालको संविधान महिलामैत्री, जनजातिमैत्री, मधेसीमैत्री रहेकाले अझै पनि संविधानमा केही कुराको कमीकमजोरी छ भने त्यसलाई संशोधन गरेर अघि बढ्नु पर्ने उल्लेख गरे ।

उक्त पत्रकार सम्मेलनमा नेता श्रेष्ठले मधेसवादी दल पनि पुरानै अवस्थामा निकायको निर्वाचन गर्दा उनीहरु पनि सहमतिमा आउने आफूले देखेको उल्लेख गरे । साथै, उनले २०७४ साल माघ ७ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न गरेर अगाडि बढ्न नसकेकोे अवस्थामा फेरि यो संविधान दलदलमा फसी लागू भएको नठहर्ने बताए ।

प्रकाशित मितिः २०७३ फागुन ३

वि.सं.२०७३ फागुन ३ मंगलवार १७:२९ मा प्रकाशित

You can share this post!

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...