back
NMB ad

१२ खेलपछि हार्‍यो साउथ अफ्रिका

Kumari bank ad

साउथ अफ्रिकाको लगातार १२ एकदिवसीय क्रिकेटको अपराजित यात्रा न्युजिल्याण्डले ब्रेक लगाइदिएको छ । दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले ६ रनको रोमाञ्चक जित निकाल्दै साउथ अफ्रिकालाई रोकेको हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा ४ विकेट जाँदा २ सय ८९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेन ब्राउन्लीले ४४ बलमा ३४ रन, केन विलियम्सनले ७५ बलमा ६९ रन, रस टेलरले १ सय १० बलमा अभिजित १ सय २ रन, जेम्स निशामले ५७ बलमा ७१ रन बनाएका थिए । साउथ अफ्रिकाका डायन पिटोरियसले दुई, जायन पार्नेल र इमरान ताहिरले एक एक विकेट लिए ।

२ सय ९० रनको लक्ष्य पछ्याएको साउथ अफ्रिकाका लागि वान्टन डि कोकले ६५ बलमा ५७ रन, जेपी डुमिनिले ४४ बलमा ३४ रन एबिडि भिलियर्सले ४९ बलमा ४५ रन, डेभिड मिलरले ३९ बलमा २८ रन, डायन पिटोरियसले २७ बलमा ५० रन बनाए एन्डिल फेलुकायोले ३४ बलमा २९ रन बनाए ।

जितको नजिक पुगिसकेको साउथ अफ्रिकालाई रोक्न ट्रेन्ट बोल्टले राम्रो बलिङ गरे । उनले ६३ रन खर्चेर तीन विकेट लिए । लयमा देखिएका पिटोरियसलाई उनले आउट गरेपछि न्युजिल्याण्डको जित सुनिश्चित भएको हो । यस्तै मिचेल सान्टनरले दुई साथै टिम साउथी, कोलिन डे ग्रान्डहोम र इश सोधीले एक एक विकेट लिए । १ सय १० बलमा अभिजित १ सय २ रन बनाएका रस टेलर प्लेयर अफ दि म्याच भए ।

पहिलो एकदिवसीय साउथ अफ्रिकाले ४ विकेटले जितेको थियो । तेस्रो एकदिवसीय आगामी शनिबार हुनेछ ।

प्रकाशित मितिः २०७३ फागुन ११

वि.सं.२०७३ फागुन ११ बुधवार १५:३६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...