back
NMB ad

कहाँ–कहाँबाट भर्ने जान्नुहोस् ? हाईड्रोपावरको सवा १७ लाख कित्ता आईपिओ आउँदै

Kumari bank ad

काठमाडौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर यही फागुन १९ गतेदेखि निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयरमा न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ तथा अधिकतम १५ हजार कित्ता अर्थात १५ लाख रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । एनआईबिएल क्यापिटल लाजिम्पाट, सीबीआइएल क्यापिटल डिल्लीबजार, काठमाडौं क्यापिटल मार्केट लिमिटेड कमलादी, भिबोर क्यापिटल लिमिटेड ललितपुर, गोदार्ज फाइनान्स डिल्लीबजार तथा शाखा कार्यलयहरु, गुहेश्वरी मर्चेण्ट बैङ्किङ् एण्ड फाइनान्स लिमिटेड हरिहर भवन ललितपुर तथा शाखा कार्यालयहरु,चाबहिल, हेटौँडा, वीरगञ्ज र चारआली, आइसीएफसी फाइनान्स लिमिटेड काठमाडौं तथा शाखा कार्यलयहरु, सिनर्जी फाइनान्स लिमिटेड कमलादी काठमाडौं तथा शाखा कार्यालय हाम्रो विकास बैङ्क नुवाकोट, ग्रीन डेभलपमेण्ट बैङ्क लिमिटेड बाग्लुङ र साझा विकास बैङ्क लिमिटेड, धनगढी कैलाली तथा शाखा कार्यलयहरु टिकापुर र महेन्द्र नगरबाट उक्त सेयरमा आवेदन दिने सकिनेछ ।

कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो ग्रेडले कम्पनीको सबै पक्षहरू बलियो रहेको संकेत गर्छ । फागुन १९ गतेदेखि खुला हुने आईपिओ निष्काशन छिटोमा फागुन २३ र ढिलोमा चैत ३ गते बन्द हुनेछ ।

यो पर्वत जिल्लामा निमार्णाधीन परियोजना हो ।

प्रकाशित मितिः २०७३ फागुन १३

वि.सं.२०७३ फागुन १३ शुक्रवार १८:१० मा प्रकाशित

You can share this post!

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...