back
NMB ad

सेयर बजार घट्दा कसलाई बढी टाउको दुख्ला ?

Kumari bank ad

के आम सर्वसाधारण अहिलेको सेयर बजारको गिरावट देखेर वास्तवमै चिन्तित छन् अवश्य पनि छैनन्। के सरकार चिन्तित छरु सरकार पनि चिन्तित छैन।

किनकि अधिकाँशलाई सेयर बजारको घटवढको चासो बन्ने वातावरण नेपालमा बन्न सकेको छैन। जति विकसित देशमा त्यहाँको सेयर बजार घटबढको चासो आम मानिसलाई हुने गर्छ।

के विकसित देशमा चासो हुने सबैले सेयर बजारमा लगानी गरेका हुन्छन तरु अवश्य पनि हुँदैनन्, जसरी नेपालमा सबैको सेयरमा लगानी छैन। त्यसो भए विकसित देशमा सेयरमै लगानी नगरेका मानिसलाई सेयरबजारको घटबढको चासो कसरी हुन्छ भन्ने जिज्ञासा लाग्न सक्छ।

विकसित देशमा मानिस कुनै न कुनै रुपमा सेयर बजारसँग जोडिएका हुन्छन्। उनीहरुको जीवन सेयर बजारसँग जोडिएको हुन्छ, भविश्य जोडिएको हुन्छ। त्यसैले पनि जनताको जीवन जोडिएको सेयर बजारमा आउने ठूला गिरावटबाट सरकार पनि चिन्तित बन्न पुग्छ।

जस्तो क्यानडामा सरकारी वा नीजि क्षेत्रमा काम गर्ने हरेक कामदारको तलबबाट केही पैसा निवृत्त जीवनका लागि अनिवार्य छुट्याइन्छ। जति कामदारको तलवबाट छुट्याइन्छ, त्यति नै रोजगारदाताबाट पनि थपिन्छ। रोजगारदाता र कामदार दुवैले गरेर तलवको ९।९ प्रतिशत बराबर रकम छुट्याइन्छ, जसलाई ‘क्यानडा पेन्सन प्लान’ भनिन्छ।

यो योजनामा अहिले एक करोड नब्बे लाख क्यानेडियनको योगदान छ। यो पेन्सन योजना नेपालमा सरकारी कर्मचारीले दश प्रतिशतका दरले कर्मचारी संचय कोषमा जम्मा गरे जस्तै हो। नेपालमा निवृत्त जीवनका लागि संचय कोषमा पैसा जम्मा गर्ने कुरा सरकारी कर्मचारी, संस्थान र केही निजी कम्पनीमा सीमित छ तर हरेक रोजगारदाता र कामदारमा पुग्न सकेको छैन र पुर्याउने प्रयास पनि गरिएको छैन।

यसैगरी क्यानडामा ठूला कम्पनीले पनि आफ्ना कर्मचारीको पेन्सनका लागि अलग्गै कोष बनाउने गर्छन् जसलाई ‘कम्पनी पेन्सन प्लान’ भनिन्छ। यो कोषमा कम्पनीको मात्रै वा कम्पनी र कर्मचारी दुवैको सहभागिता हुन सक्छ। क्यानडा पेन्सन प्लानमा तलवबाट अनिवार्य पैसा छुट्याउनु पर्छ तर कम्पनी पेन्सन सवै कम्पनीमा नहुन पनि सक्छ।

यी कोष बाहेक कामदारले पनि आफ्नो तलवको निश्चित प्रतिशत रकम निवृत्त जीवनका लागि अलग्गै छुट्याउन सक्छन् जसरी नेपालमा नागरिक लगानी कोषमा पैसा जम्मा गरिन्छ। यसरी छुट्याइएको पैसा तत्काल करयोग्य आयबाट घटाइन्छ र निवृत्त जीवनमा आम्दानी लिन सुरु गरेपछि करयोग्य आयमा जोडिन्छ र कर तिरिन्छ।

जसलाई ‘रजिस्टर्ड रिटायरमेन्ट सेभिङ प्लान’ पनि भनिन्छ। एउटा क्यानेडियनले निवृत्त जीवनमा चारवटा स्रोतबाट पैसा पाउन सक्छ। जसमा कम्पनी पेन्सन योजना, क्यानडा पेन्सन योजना, सरकारले करबाट अलग्गै प्रदान गर्ने बुढेशकाल भत्ता र आफैले बुढेशकालका लागि भनेर छुट्याइएको पैसाबाट बनेको कोषबाट प्राप्त हुने पैसा।

बुढेशकाल भत्ता नेपालमा सरकारले वृद्ध भत्ता भनेर दिने भत्ता जस्तै हो। क्यानडा सरकारले हरेक नागरिकलाई ६५ वर्ष पुगेपछि बृद्ध भत्ता प्रदान गर्छ। नागरिकले आफ्नो जीवनमा काम गरे पनि नगरे पनि राज्यले उठाउने करबाट बृद्ध भत्ता प्राप्त गर्छ। तर काम नगरेका नागरिकले क्यानडा पेन्सन प्लान र कम्पनी पेन्सन प्लानभने पाउँदैनन्।

धेरैले सोचेका छन् विकसित देशमा कामै नगरेपनि बुढेशकालमा सरकारले पैसा दिन्छ। त्यसैले विकसित देशको बुढेशकाल पैसाका हिसावले निकै सहज छ। अवश्य पनि होइन। सरकारले यसरी दिने बुढेशकाल भत्ताले मात्र जीवन सोचे जस्तो सहज बन्न सक्दैन।

अहिले क्यानडा सरकारले दिने बुढेशकाल भत्ता प्रतिमहिना एक हजार डलर भन्दा कम छ। यतिमात्र पैसाले एउटा व्यक्तिको वुढेशकालको जीवन सजिलो बन्न सक्दैन। यसैले उसले आफ्नो जीवनमा कति काम गर्यो, निवृत्त जीवनका लागि विभिन्न कोषमा कति योगदान गर्यो र योगदान गरेको पैसा कसरी लगानी गरिएको छ भन्ने कुराले निवृत्त जीवनमा पाउने पैसाको निर्धारण गर्छ।

आम मानिसले निवृत्त जीवनका लागि यसरी छुट्याएको अधिकतम पैसा पेन्सन फण्ड, म्युचअल फण्ड र विमा कम्पनीहरुले सेयर वजारमा लगानी गर्छन्। सेयर बजारको अवस्थाले पेन्सन फण्डमा लगानी गरेका आम जनताले पाउने प्रतिफल निर्धारण गर्छ। सेयर बजार बढ्दै जाँदा सर्वसाधारणले आफ्नो भविश्य राम्रो र आम्दानीको बढी सुनिश्चितता देख्छन्।

तर सेयर बजार घट्दै जाँदा उनीहरु निकै चिन्तित बन्छन् किनकि कोषहरुले गरेको लगानी कमजोर बनेमा पेन्सन प्राप्त नहुन सक्छ वा कम प्राप्त हुन सक्छ। यसकारण पनि अधिकांश नागरिकले सेयर बजारको घटबढमा निकै चासो राख्ने गरेका हुन्छन्। यस्तै हरेक संचार माध्यमले सेयर बजार सुचकांकलाई प्राथमिकतामा राखेको हुन्छ।

सेयर बजारको गिरावट सँगै सर्वसाधारणको आय प्रत्यक्ष रुपमा प्रभावित हुने भएकाले पनि विकसित देशमा सरकार सेयर बजार प्रति निकै संवेदनशील हुनेगर्छ। नेपालमा आम सर्वसाधारणका लागि पेन्सन फण्डको सिर्जना हुन नसक्नु र बनाइएका फण्ड जस्तो सामाजिक सुरक्षा कोष, कर्मचारी संचय कोष, नागरिक लगानी कोष तथा केही निजी कम्पनीले कर्मचारीको निवृत्त जीवनका लागि बनाएको कोषको पैसा सेयर बजारमा नगन्य मात्र लगानी हुनु वा हुँदै नहुनुले पनि आम मानिसको सम्बन्ध सेयर बजारसँग जोडिन सकेको छैन।

कर्मचारी संचय कोषको ठूलो हिस्सा सेयरबजारमा लगानी हुने भए र त्यसको प्रतिफल यसमा योगदान गर्ने कर्मचारीलाई पनि बाँडिने भए अवस्य पनि ताप्लेजुङको विद्यालयमा काम गर्ने शिक्षकलाई नेप्सेको घटबढको चासो हुन सक्थ्यो। दार्चुलामा काम गर्ने कर्मचारीलाई नेप्सेको गिरावटले चिन्तित बनाउँथ्यो।

सेयर बजारको अहिलेको गिरावटले केहि सीमित बर्ग, समुदाय र क्षेत्रलाई चिन्तित बनाएको छ जुन कुल जनसँख्याको नगन्य प्रतिशत हुन सक्छ र त्यो जनसंख्या काठमाडौं र अन्य केही शहरमा केन्द्रित छ।

रबिन्द्र भट्टराई, सेयर बजार विश्लेषक, १५ फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन १५ आइतवार १४:०६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...