back
NMB ad

एक मिनेटमा ४२ पोटी लसुन खाएर रेकर्ड !

Kumari bank ad

धनगढी। विश्व फुटबल महासङ्घ (फिफा) मा आबद्ध दुई सय नौ देशको नाम ६१ सेकेन्डमा खररर्र वाचन गरी ‘गिनिज बुक अफ वल्ड्र रेकर्ड‘मा नाम लेखाउन सफल कैलालीका भरत विष्टले अर्को अनौठो प्रतिभा देखाएका छन् ।

उनले एक मिनेटको समयभित्र नियमानुसार लसुनका ४२ पोटी खाएर देखाएका हुन् । एक पटकमा एउटा मात्र लसुनको पोटी खान पाइने लगायत नियम भए पनि विष्टले एक मिनेटमा ४२ पोटी खाएर ‘वल्ड्र रेकर्ड सेटर‘मा नाम दर्ता गराएका छन् ।  विष्टलाई गिनिज बुक कमिटी बेलायतले प्रमाणपत्र दिइसकेको छ ।

यसैगरी कैलाली, सुखडस्थित सत्य माविमा कक्षा ३ मा अध्ययनरत  सुरभी ढकालले एक मिनेटमा ४७ वटा रोमन अङ्क लेखेर कीर्तिमानी बन्ने होडमा पुगेकी छन् । आइतबार सुखडमा पत्रकार सम्मेलन गर्दै स्थानीयवासी भवानी ढकालकी छोरी सुरभीले एक मिनेटमा रोमन अङ्क खररर्र लेखेर सबैलाई अचम्मित पारिन् । सुरभीले लेखेको भिडियो रेकर्ड वल्ड्र रेकर्ड कमिटीमा पठाइएको छ । रासस

प्रकाशित मितिः २०७३ फागुन १७

वि.सं.२०७३ फागुन १७ मंगलवार १५:३८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...