back
NMB ad

कृषिजन्य वस्तुको निर्यात निरासाजनक, किन ?

Kumari bank ad

इलाम कृषिजन्य उत्पादनको निर्यात निरासाजनक बन्दै गएको छ ।चालु आवको गएको चार महिनामा अलैँची, अदुवा र जडीबुटी निर्यात ओरालो लागेको छ । वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको साउनदेखि कात्तिक महिनासम्मको तथ्याङ्कमा कृषिजन्य वस्तुको निर्यातबाट हुने आम्दानी घटेको देखिएको छ ।

कृषिजन्य उत्पादन निर्यातबाट हुने आम्दानीमा ७८ प्रतिशतसम्म ह्रास आएको छ । अलैँचीको आम्दानी २८ प्रतिशत तथा अदुवाको १७ प्रतिशतले घटेको छ । नेपालबाट भारत निर्यात हुने कृषिजन्य उत्पादन लैजान भारतले असहज वातावरण सिर्जना गरेका कारण निर्यात घटेको हो । एक हजार र पाँच सयका भारतीय नोटमा त्यहाँको सरकारले प्रतिबन्ध लगाउँदा कृषिजन्य वस्तुको निर्यात अझैसम्म पनि सहज हुन सकेको छैन ।

नेपालमा उत्पादन हुने प्रायः सबैजसो कृषिजन्य उत्पादन भारतहुँदै तेस्रो मुलुक निकासी हुने गरेको छ । भारतले विभिन्न बहानामा कृषिजन्य उत्पादन निकासी रोक्दा निकासी प्रभावित भएको छ । आव २०७२÷७३ को पहिलो चार महिनामा नेपालले आठ लाख १६ हजार ८८७ किलो जडीबुटी निर्यात गर्दा रु ५७ करोड ३२ लाख ५३ हजार रकम भित्रिएको थियो ।

चालु आवको चार महिनामा आठ लाख २६ हजार आठ किलो जडीबुटी निर्यात गर्दा रु १२ रकोड २३ लाख ५७ हजार मात्र आम्दानी भएको वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । गत आवको साउनदेखि कात्तिकसम्ममा नौ लाख छ हजार ८५३ किलो अलैँची निर्यात गरेर रु एक अर्ब ३१ करोड पाँच लाख ३२ हजार रकम भित्रिएको थियो । चालु आवको सोही अवधिमा सात लाख ४२ हजार ७९७ किलो अलैँची निर्यात भएको छ ।

अदुवा गत आवमा ८९ लाख २६ हजार ४६६ किलो निर्यात भएको थियो भने चालु आवको चार महिनामा ३३ लाख ४४ हजार ३९८ किलो मात्रै निर्यात भएको छ । चियाको आम्दानी ५२ प्रतिशतले बढेको छ । चालु आवको चार महिनामा ५७ लाख चार हजार १२७ किलो चिया निर्यात गरेकामा अघिल्लो आवको सोही अवधिमा ४६ लाख ११ हजार ५३१ किलो निर्यात गरिएको थियो ।

प्रकाशित मितिः २०७३ फागुन १८

वि.सं.२०७३ फागुन १८ बुधवार १३:२१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...