back
NMB ad

ज्येष्ठ नागरिकले बनाएको चौतारीमा निःशुल्क वाईफाई चलाउनुहोस् !

Kumari bank ad

झापा । अनुभव बाँड्दै भलाकुसारी गर्ने उद्देश्यले झापा शनिअर्जुनका ज्येष्ठ नागरिकले प्रविधि र सुविधायुक्त सार्वजनिक चौतारी निर्माण गरेका छन् । शनिअर्जुन–१ शनिश्चरे बजारमा करिब रु पाँच लाखको लागतमा निर्माण भएको चौतारीमा बसेर भलाकुसारी गर्नका लागि २८ जना अटाउन सकिने आरामदायी फलामे फलैंचा निर्माण गरिएको छ ।

ज्येष्ठ नागरिकले दर्ता गरेको सामुदायिक मिलन केन्द्र नामक संस्थाले बिहान ४ देखि राति १० बजेसम्म चौतारीमा निःशुल्क इन्टरनेट (वाईफाई) र पत्रपत्रिका पढ्ने व्यवस्था मिलाएको केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराई बताउँछन् । स्थानीय ज्येष्ठ नागरिकले चौतारो निर्माणका लागि आफ्नै पहलमा रु दुई लाख सङ्कलन गरेपछि शनिअर्जुन नगरपालिकाले अन्य रकम उपलब्ध गराएको थियो । ज्येष्ठ नागरिकको रचनात्मक सक्रियता देखेर सहारा नेपाल नाम गैरसरकारी संस्थाले केन्द्रको भवन बनाइदिने घोषणा गरेको छ । छतिउनको तीनवटा ठूलो रूखको फेदमा पक्की संरचना बनाएर त्यसमाथि फलामे फलैँचा राखिएका छन् ।

फलैँचामा भेला भएर ज्येष्ठ नागरिक मोबाइलमा फेसबुक, ट्विटर र स्काइप चलाउने गर्छन् । घरमा खाना खाएर वरपरका अधिकांश वृद्ध दिनभर चौतारीमा भेला हुने र आफ्ना अनुभव आदानप्रदान तथा विदेशमा भएका आफ्ना छोराछोरी र नातिनातिनासँग भिडियो च्याटमा रमाउने गरेको शनिअर्जुन नगर विकास समितिका अध्यक्ष कुमार भट्टराई बताउँछन् ।

झापाको शनिश्चरे सयौँ वर्ष पुरानो बस्ती हो । यहाँका ज्येष्ठ नागरिक पढेलेखेका छन् । चौतारीमा नियमित आउनेमा पूर्ववनमन्त्री वीरमणि ढकाल, झापा जिविसका पूर्वसभापति कृष्णप्रसाद मिश्रलगायत छन् । चौतारीबाट दुईसय मिटरको दूरीमा प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम रहेको छ । ज्येष्ठ नागरिकसँग भएका अनुभव साटासाट गर्ने र आफ्नो क्षेत्रको सामाजिक विकासमा योगदान पु¥याउने लक्ष्यले ज्येष्ठ नागरिकले सङ्गठित प्रयास गरिरहेको पूर्वमन्त्री ढकाल बताउँछन् ।

निःशुल्क इन्टरनेट सुविधाका लागि खर्च जुटाउन ज्येष्ठ नागरिकले चौतारीमा खुत्रुके राखेका छन् । वाईफाई चलाउने व्यक्तिले स्वेच्छाले खुत्रुकेमा सहयोग रकम जम्मा गरिदिँदै आएका छन् । ज्येष्ठ नागरिकका लागि बनाइएको भनिएपनि निःशुल्क वाईफाई सुविधा उपयोग गर्न तन्नेरी पुस्ताको समेत चौतारीमा भीड लाग्ने गरेको छ । पुरानो र नयाँ पुस्ताबीच भलाकुसारी गर्नका लागि चौतारी गजबको प्लेटफर्म बनेको शनिअर्जुन प्रेस क्लबका अध्यक्ष दिपीन राई बताउँछन् । रासस

प्रकाशित मितिः २०७३ फागुन २५

वि.सं.२०७३ फागुन २५ बुधवार १२:३८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...