back
NMB ad

केपी ओलीले भने–हामी मारिए पनि एमालेको अभियान रोकिने छैन

Kumari bank ad

हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सामुहिक हत्या प्रयास भइरहेको भन्दै आफू मारिए पनि मेची–महाकाली अभियान नरोकिने बताएका छन् । हैटौंडाबाट पुनः शुरु भएको एमाले अभियानलाई भुटनदेवी उच्च माविको प्रांगणमा शुक्रबार सम्बोधन गदै अध्यक्ष ओलीले मुलुकलाई चुनाव र सामाजिक सद्भावमा जोड्न थालिएको अभियान जस्तासुकै घटनाले पनि नरोकिने बताए ।

उनले एमाले नेतृत्वलाई बचाए बापत सुरक्षा अधिकारीहरुलाई कारवाही गरिएको आरोप समेत लगाए । ओलीले भने, ‘सप्तरीमै हाम्रो सामुहिक हत्या गर्ने सुनियोजित प्रयास थियो भन्ने सरकारले स्वीकार गरिसकेको छ । सुरक्षाकर्मीले अत्यन्त विवेक प्रयोग गरेर ठूलो क्षति हुनबाट रोके । तर अहिले पनि हामीलाई सिध्याउने षडयन्त्र जारी भए पनि एमालेको यो अभियान म सहित हाम्रो सिंगो टिम सिध्याए पनि रोकिने छैन ।’

एमालेको नेतृत्व गर्न सक्षम एकपछि अर्को टिम तयार भइसकेको भन्दै ओलीले आपराधिक तत्वको धम्की र अवरोधबाट एमाले नडराउने बताए । सभालाई सम्बोधन गर्दै एमाले महासचिव इश्वर पोखरेलले एमालेको शीर्ष नेतृत्वको सामुहिक हत्या गर्ने प्रयास असफल पार्ने सुरक्षाकर्मीलाई सरकारले सजाय दिएको भन्दै आलोचना गरे । उनले घरेलु हतियार र बम बोकेर एमालेका नेताहरुको हत्या गर्न आएकाहरुको बारेमा सरकार पनि जानकार रहेको दावी गरे ।

सप्तरी घटनापछि तीन दिन स्थगन भएको एमालेको अभियान शुक्रवार हेटौंडाबाट पुनः शुरु भएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हेटौंडामा सभा गरिएको एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलले बताइन् । सभामा हजारौं सहभागी भएको र अभियानमा ५ हजार समर्थक र कार्यकर्ता सहभागी रहेको एमाले प्रचार बिभागका सचिव बिष्णु रिजालले बताए ।

एमालेको यो अभियान चितवनको भण्डारा, भरतपुर हुँदै शनिवार नवलपुरमा आमसभामा परिणत हुनेछ ।

एमालेले यही फागुन २१ गतेदेखि झापाबाट मेची–महाकाली अभियान सुरु गरेको थियो । गत सोमबार सप्तरी घटनापछि अभियानलाई तीन दिन स्थगित गरिएको थियो ।

प्रकाशित मितिः २०७३ फागुन २८

वि.सं.२०७३ फागुन २८ शनिवार ०८:४८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...