back
NMB ad

तपाई पनि घर बनाउने हो ? जग्गा किन्न सरकारबाट यसरी पाईन्छ रु दुई लाख !

Kumari bank ad

काठमाडौ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा घर बनाउने प्रत्येक घरधुरीलाई जग्गा खरिदका लागि रु दुई लाख उपलब्ध गराउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको अध्यक्षतामा बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले जोखिमयुक्त बस्ती पहिचान गर्न गठन भएको कार्यदलले सिफारिस गरेका करिब एक हजार ५०० घरधुरीलाई सुरक्षित स्थानमा घर बनाउनका लागि जग्गा खरिद गर्ने प्रयोजनका लागि रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता यामलाल भुसालले बताए ।

जोखिमयुक्त बस्तीका पीडितले निजी आवास निर्माणका लागि थप अनुदान रकमसमेत पाउनेछन् । सरकारले निजी आवास निर्माणका लागि विभिन्न चरणमा गरी रु तीन लाख दिने प्रक्रिया सुरु भइसकेको छ । यसैगरी बैठकले भूकम्प प्रभावित १७ जिल्लामध्ये सर्वेक्षण सकिएका १४ जिल्लाका १५ हजार ७४३ जनालाई लाभग्राही सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।

प्राधिकरण कार्यकारी सदस्य संयोजकत्वको टोली अनुदान सम्झौताको अभिमूखीकरण तालिम सञ्चालन गर्न आगामी चैत १ गतेदेखि जिल्ला जाने प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले बताए ।

यस्तै बैठकले पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७३ लाई संशोधन गर्न कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले गुनासो विकेन्द्रित गर्न कार्यविधि संशोधन गर्नेबारे गृहकार्य गरी प्रतिवेदन पेस गर्नेछ ।

बैठकले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ता अनुदान प्राप्त गरे पनि नक्साका कारण समस्या परेका व्यक्तिलाई बसोबास प्रयोजनका लागि घर बनाउने बाटो खुला गर्न सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ । रासस

प्रकाशित मितिः २०७३ फागुन २९

वि.सं.२०७३ फागुन २९ आइतवार १४:२८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...