back
NMB ad

एसइई परीक्षाको तयारी पूरा

Kumari bank ad

इनरुवा। सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको छ । पहिलो पटक एसएलसी परीक्षाको बदलामा भइरहेको यो परीक्षाका लागि सबै तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।

जिल्लामा एसइई परीक्षाका लागि ४६ वटा परीक्षा केन्द्र र सोही सङ्ख्यामा केन्द्राध्यक्ष तथा ९२ जना सहायक केन्द्राध्यक्ष चयन गरी परिचालन गर्ने तयारी भएको सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिए ।

जिल्लामा नियमित, एक्जाम्टेड र ग्रेड वृद्धि गरी तीन किसिमका परीक्षार्थी परीक्षामा सहभागी हुने सुवेदीले बताए । यस पटक नियमित तर्फ ११ हजार ८३० जना, एक्जाम्टेडतर्फ एक हजार ६३ जना, ग्रेड वृद्धितर्फ एक हजार १४९ जना तथा प्राइभेट विद्यार्थीसहित १४ हजार २९४ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

जिल्लाको एक सय ४२ निजी र एक सय २२ सामुदायिक विद्यालय गरी २६४ वटा विद्यालयका विद्यार्थी परीक्षामा सामेल हुँदैछन् । परीक्षा यही चैत ३ गतेदेखि सुरु हुनेछ । परीक्षा केन्द्रको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन हुने कार्यालयले जनाएको छ । परीक्षामा २० देखि २५ जना परीक्षार्थी बराबर एक जना निरीक्षक रहने, एक परीक्षा केन्द्रमा कार्यालय सहायक, एक कार्यालय सहयोगी समेत परिचालन गरिने बताइएको छ । परीक्षा चैत १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः २०७३ फागुन २९

वि.सं.२०७३ फागुन २९ आइतवार १५:५० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...