back
NMB ad

४६ लाख मानिसहरु लघुवित्तको सेवा बाहिर, सेवा पाउने ७५ प्रतिशत निस्क्रिय

Kumari bank ad

काठमाण्डौं । नेपालमा कुल जनसंख्या २ करोड ६५ लाख मध्ये २५.१६ प्रतिशत मानिसहरु गरिबीको रेखा मुनी रहेका छन् । यता, लघुवित्त संस्थाहरुबाट सेवा पाइरहेका सक्रिय सदस्यहरुको आँकडा हेर्दा अझै गरिबीको रेखामुनी रहेका ४६ लाख मानिसहरु यी संस्थाको दायरामा आउन सकेका छैनन् । यसमा पनि यी संस्थाले समेटिएका सबै मानिसहरु गरिबीको रेखा मुनि रहेकाहरु नहुन सक्छन् ।

यस्तै, कुल २ करोड ६५ लाख जनसंख्याको तुलनामा करीब ७ प्रतिशत मात्र यी संस्थाको दायरामा आएका देखिन्छन् । बैंक तथा वित्तीय संस्थामा दोहोरो बचतकर्ता रहेजस्तै यी संस्थामा पनि दोहोरो सदस्य हुने (डुब्लिकेशनको) समस्या रहेको छ । यसले गर्दा कुल ७ प्रतिशत नै जनसंख्या समेटिएका हुन् भन्नेमा पनि दुविधा भने रहन्छ ।

लघुवित्तमा देखिएको डुब्लिकेशनलाई समस्याको रुपमा दिइदै आएको भएपनि यो नियन्त्रण बाहिरको समस्या भने नभएको राष्ट्र बैंकले बताएको छ । ‘डुब्लिकेशन छँदै छैन भन्ने त होइन तर सञ्चार माध्यमहरुमा आएजस्तो मानिसहरुले आत्महत्या गर्ने तहसम्ममा नभएको हामीले पाएका छौं,’ केही दिन अघिको कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक रमन नेपालले भने ।

६ महिनामा सञ्चालनमा रहेका लघुवित्त कम्पनीको संख्या ७ वटाले थपिएर ४८ वटा भए । यी संस्था मार्फत् गठन भएको समूहमा पनि वृद्धि भएर ३ लाख ९९ हजार पुगेको छ । तर, यी संस्थामा ९ प्रतिशतले नयाँ सदस्य थपिदा निष्क्रिय हुनेको संख्या भने ७५ प्रतिशतले वृद्धि भएको छ ।

यी संस्थामा कुल सदस्य संख्या २० लाख ६८ हजार पुगेकोमा निष्क्रिय सदस्य संस्खा भने ७५ प्रतिशतले बढेर ५६ हजार ८ सय ८१ पुगेको हो । असारमा भने निष्क्रिय सदस्यको संख्या ३२ हजार रहेको थियो ।

यी संस्थाले ४ अर्ब ३३ करोड कुल कर्जा वितरण पनि गरेका छन् भने २७ अर्ब कुल बचत गरेका छन् । कर्मचारीको संख्यामा पनि साढे ८ प्रतिशत वृद्धि भएर ७ हजार ७ सय ३१ पुगेको छ । यसरी हेर्दा लघुवित्त संस्थाका १ कर्मचारीले २ सय ६० ग्राहकसँग व्यवहार गर्न परिरहेको छ ।

३० फागुन २०७३, अनलाईनखबर, ११।००

वि.सं.२०७३ फागुन ३० सोमवार ११:२४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...