back
NMB ad

एकैदिन सात शाखा विस्तार गरेर एनआईसीले के गर्दैछ ?

Kumari bank ad

काठमाडौ । एनआइसी एसिया बैंकले आक्रामक रुपमा शाखा विस्तार गरेको छ । गत असारदेखि चैत २ गतेसम्म २१ वटा शाखा विस्तार गरी ८९ वटा शाखा संख्या पुर्याएको बैंकले यही चैत ३० गतेभित्र थप २१ वटा शाखा खोल्ने तयारी गरेको छ । बैंकले चैत दुई गते अर्थात आजमात्रै सात वटा शाखा उद्घाटन गरेको छ ।

बैंकले पूर्वको झापा बुधबारे र गौरादह, मोरङको पथरी, सुनसरीको झुम्का, धनकुटाको हिलेमा बुधबार शाखा विस्तार गरेको छ । त्यसैगरी पश्चिममा नवलपरासीको बर्दघाट र सुदूरपश्चिममा कैलालीको लम्कीमा पनि बुधबार नै शाखा कार्यालय स्थापना गरी कारोबार सुरु भएको बैंकले जनाएको छ । यसअघि बैंकले यही फागुन १८ गते मुगु र कालिकोटको सदरमुकाममा दुई वटा शाखा विस्तार गरेको थियो ।

बैंकका अनुसार यही चैत मसान्तसम्ममा थप २१ शाखा खोल्ने तयारी गरिएको छ । जसअनुसार सुनसरीको दूहवी, चितवनको पर्सा, टाँडी र हाकिमचोक, तनहुँको दूलेगौडा, भिमाद, कास्कीको न्यूरोड, लेकसाईड, नयाँ पूल, रुपेन्देहीको मनिग्राम, सालझण्डी, रुद्रपुर, ढकधई, सौफार्साटिकर, नवलपरासीको धूमही, पाल्पाको तानसेन, दाङको घोराही, कैलालीको टिकापुर, बाउनियाँ, बर्दियाको मगरागढी र बाँकेको खजुरामा चैत मसान्तभित्र शाखा खोलिने बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७३ चैत २

वि.सं.२०७३ चैत २ बुधवार १६:४७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...