back
NMB ad

तपाई सफल व्यक्ति बन्ने हो ? त्यसो पढ्नुहोस् यी ११ टिप्स !

Kumari bank ad

हामी सबैसँग आफ्ना खराब बानीहरु छन्, र त्यो सामान्य पनि हो । तर यी सामान्य लाग्ने बानीहरु करिअर र जीवनको बाटोमा हामीले चाहिरेको कुराबाट हामीलाई रोक्ने अवरोध पनि बनिरहेको हुनसक्छन् । यहाँ त्यस्ता ११ बानीव्यहोराहरु प्रस्तुत गरिएको छ जुन तपाई र सफलताको बीचमा पर्खाल बनेर उभिएको हुनसक्छ ।

१.तपाई आफूलाई लागेको कुरा बोल्नुहुन्नः

समाजले हामीलाई निरन्तर अरुलाई मान्नु एवं समाजको कुनै पनि नियमहरुलाई नतोड्न सिकाइरहेको हुन्छ । तर यदि हामीले कुनै चुनौति नै लिएनौं, यदि हामीलाई के लागेछ वा हामी के सोच्छौं भन्ने बारेमा अरुलाई जानकारी दिएनौं भने हामीसँग कुनै ठूलो या नयाँ कुरा हुन पाउँदैन । आफूलाई व्यवहारमा खरो बनाउनुहोस् र आफ्नो विचार व्यक्त गर्न पछि नपर्नुहोस् । हामी सबै सफल हुन सक्छौं ।

२. तपाई सधैं कतै जाँदा ढिला पुग्नुहुन्छः

यो कुरा सामान्य लाग्छ तर यो त्यति सामान्य छैन । त्यही मान्छे सफल हुन्छ जो विश्वास गर्न लायक हुन्छ र कुनै पनि कुराप्रति प्रतिबद्ध हुन्छ । यदि तपाई जहाँ पनि ढिला पुग्नुहुन्छ भने कसैले पनि तपाईलाई गम्भीरपूर्वक लिँदैन । स्यान फ्रान्सिस्को स्टेट युनिभर्सिटीका अनुसार निरन्तर ढिला हुुनुलाई थकान, आत्मविश्वासको कमी र समस्याहरुमा मात्र हेर्ने खालको व्यवहारका रुपमा लिइन्छ ।

३.घृणा जस्ता भावनाहरुलाई आफूमा राख्नुः

यो हैन कि तपाई हामीले सबैले आफूलाई मन पराउन् भन्ने गरी काम गर्नुपर्छ र जतिबेला पनि गीत गाउने वा हाँस्ने गर्नुपर्छ । तर कुनै पनि कुरामा घृणालाई स्थान दिनुहुँदैन र रीस पालेर राख्नु हुँदैन । किनभने त्यो हामी आफ्नै जीवनको लागि खतरनाक हुन्छ । यस्तो भावनाले हाम्रो जीवनमा नकारात्मक कुराहरु मात्र भरिदिन्छ । यस्तो व्यवहारले स्वस्थसँग सम्बन्धी विभिन्न समस्याहरु पनि ल्याउन सक्छ ।

४.तपाई जुन कुरामा पनि सही थाप्नुहुन्छः

यदि तपाईलाई जुन कुरामा पनि हुन्छ भनेर सफलता पाइन्छ जस्तो लाग्छ भने तपाई गलत हुनुहुन्छ । यदि तपाईले हरेक पटक अरुको सही थाप्ने र उनीहरुको पछि लाग्ने गर्नुभयो भने तपाईले ठूला ठूला अवसरहरु गुमाउनुहुनेछ । त्यसैले सबै कुरामा सही थाप्ने व्यक्ति नबन्नुहोस् ।

५. तपाई एकदमै खर्चालु हुनुहुन्छः

के तपाई खर्च गर्दागर्दै प्रायः आफ्नो गोजी रित्तो बनाउनुहुन्छ ? तपाईको आर्थिक भविष्यको सानो झलक मात्र हुन सक्छ । वचत एकदमै महत्वपूर्ण हुन्छ, आर्थिक हिसाबमा सन्तुलित बन्नु र पैसा व्यवस्थापन गर्न सक्नुले तपाईलाई संवेदनशील मान्छेका रुपमा अगाडि बढाउँछ । आफ्नो व्यक्तिगत बजेट बनाउने कुराबाटै व्यवहार परिवर्तन गर्नुहोस् ।

६. तपाई कुनै पनि काम समयमै सम्पन्न गर्नसक्नुहुन्नः

यदि कसैले यो बानीलाई छाड्न सक्दैन भने उसले सफलता पाउन सक्दैन । उनीहरुले पैसा कमाउने अवसर पनि छुटाउँछन् किनभने उनीहरु आफ्नो काम समयमै सम्पन्न गर्न सक्दैनन् । उनीहरुले आफ्नो इज्जतलाई पनि घटाउँछन् किनभने उनीहरुले आफ्नो वचन राख्न सक्दैनन् ।

७.तपाई इमान्दार हुनुहुन्नः

यदि तपाईले एक पटक या दुई पटक झुट बोल्नुभयो भने तपाईलाई यसको बानी पर्न सक्छ किनभने एउटा झुटले अर्कोलाई तान्छ । त्यसको लगत्तै तपाईले आफूलाई झुटहरुको घेरामा बन्द भएको पाउनुहुनेछ । यसको उपाय भनेको सुरुवात देखि नै इमान्दार बन्नु हो । कहिलेकाँही अरुले झुट बोली बोली सफलता पाइरहेको देख्दा आफूलाई दिक्क लाग्न सक्छ तर सत्यको बाटोमा इमान्दार बनेर हिंड्नुबाट पाउने आनन्दले तपाईलाई भविष्यमा पक्कै सफल बनाउनेछ ।

८.तपाई धेरै गुनासो गर्नुहुन्छः

तपाईलाई कुनै कुरा मन परेन भने आफूले जे सोच्नुहुन्छ त्यो भन्नु राम्रो कुरा हो तर त्यसलाई बढाइँचढाइँ गर्नु अत्यन्त नराम्रो बानी हो । मानिसहरुले त्यस्ता मानिसको कुरा सुन्न आवश्यक ठान्दैनन् जो प्रायः धेरै गुनासो गरिरहन्छ । सफलता पाउनुका लागि यो बानीलाई पनि छाड्नुपर्छ ।

९.तपाई मानिसहरुलाई आफूबाट टाढै राख्नुहुन्छः

हामी मानिस हौं, हामी समाजमा बस्छौं र हामीलाई साथीहरु आवश्यक पर्छन् । सफलताको सूत्र भनेको ठूलो नेटवर्क हुनु पनि हो जसले तपाईलाई भविष्यमा कुनै समस्या प¥यो भने त्यसबाट सजिलै बाहिर निकालोस् । सफलता पाउने बाटो लामो र गाह्रो हुन सक्छ तर अरुको सहयोगले यो सजिलो र रमाइलो बन्न पुग्छ ।

१०. तपाई आप्mनो राम्रो ख्याल राख्नुहुन्नः

सधैं आफ्नो राम्रो ख्याल राख्नुहोस् । जीवनमा राम्रो स्वास्थ्य भन्दा ठूलो अन्य कुनै राम्रो उपहार छैन । तनाव तपाईको सबैभन्दा ठूलो शुत्र हुनसक्छ । त्यसैले जीवनमा हरेक दिनका दिक्दारीहरुलाई आफ्नो जीवनमा स्वस्थ खाना, आराम र व्यायामबाट सन्तुलित राख्ने गर्नुहोस् ।

११. तपाई आफ्नो शारीरिक भाषा बुझ्नुहुन्नः

पहिलो प्रभाव जरुरी छ त्यस्तै गरी दोस्रो, तेस्रो, चौथो लगायतका प्रभाव पनि जरुरी हुन्छन् । पत्याउनुहोस् या नपत्याउनुहोस् तपाईको शरीरले पनि कुरा गरिरहेको हुन्छ र कहिलेकाँही हाम्रो आवाजले भन्दा पनि चर्को तरिकाले कुरा गरिरहेको हुन्छ । भरपर्दो र आत्मविश्वासले भरिपूर्ण व्यक्तिका रुपमा व्यवहार गर्न सिक्नुहोस्, यदि तपाईलाई त्यस्तो लाग्दैन भने पनि तपाईले विस्तारैमा आफूमा त्यो परिवर्तन पाउनुहुनेछ ।

( एजेन्सीको सहयोगमा)

प्रकाशितथ मितिः २०७३ चैत ५

वि.सं.२०७३ चैत ५ शनिवार १४:१६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...