back
NMB ad

भाडा वृद्धिको विरोधमा तालाबन्दी

Kumari bank ad

पर्वत। पर्वतको कुस्मादेखि बागलुङको बलेवा जोड्ने केबलकार मोडलको यान्त्रिक पुलको भाडा वृद्धि गरिएको विरोधमा स्थानीयले तालाबन्दी गरेपछि एक सातादेखि आवतजावत ठप्प बनेको छ । कम्पनीले स्थानीयवासीसँग समन्वय नै नगरी मनोमानी ढङ्गले भाडा वृद्धि गरेको भन्दै बलेवावासीले गत चैत १ गते तालाबन्दी गरेका हुन् । बलेवातर्फको भागमा रहेको कार्यालयमा तालाबन्दी गरेपछि सेवा ठप्प भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ ।

यान्त्रिक पुलको भाडादर अस्वभाविक र अवैज्ञानिक रुपले बढाएको भन्दै स्थानीय महिला समूहका सदस्यले तालाबन्दी गरेका हुन् । विगत पाँच वर्षदेखि सञ्चालित यान्त्रिक पुलले एकैपटक ३३ प्रतिशतभन्दा बढी भाडा बढाएको थियो ।

स्थानीयका लागि साविकका रु ७५ रहेको रु १०० र अन्यत्रका लागि रु १०० रहेकामा रु १२५ लिने गरी भाडावृद्धि गरेको थियो । व्यवस्थापन समितिले पुरानै भाडादर कायम गर्नुपर्ने महिला संजाल बलेवाका अध्यक्ष जमुना श्रेष्ठले बताइन् । मूल्य समायोजन गरी पुरानै भाडादर कायम नगरेसम्म ताला नखोल्ने उनले जानकारी दिइन् ।

यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु दुई हजार भाडा रहेकामा अहिले बढाएर रु दुई हजार ५०० पु¥याइएको छ । भने रु एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु २ हजार पु¥याइएको यान्त्रिक पुलका कार्यालय प्रमुख चिरञ्जीवी शर्माले बताए ।

पुल व्यवस्थापन समितिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार सेयर सदस्यले १० प्रतिशतभन्दा लाभांश माग गरेपछि भाडा बढाइएको हो । कर्मचारीको तलब वृद्धि तथा समय समयमा गर्नुपर्ने मर्मतमा धेरै खर्च हुन थालेपछि भाडा बढाउनुपरेको श्रेष्ठले जानकारी दिए ।
यान्त्रिक पुल बन्द हुँदा दक्षिणी पर्वतका डेढ दर्जन गाविसका बासिन्दाहरु सास्ती खेप्न बाध्य भएका छन् । उनीहरुले पाँच मिनेटको दूरीमा आइने कुश्माबजार दैनिक डेढ घण्टा घुमेर पैदल यात्रा गरी आउजाउ गर्न बाध्य भएको गुनासो गरेका छन् ।

प्रकाशित मितिः २०७३ चैत ५

वि.सं.२०७३ चैत ५ शनिवार १७:२१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...