back
Mega Long Ad

विमानस्थलमा सेनाको गोली लागि एकको मृत्यु, हेर्नुहोस् कारण यस्तो छ ?

पेरिसको अर्ली विमानस्थलमा सेनाको हतियार खोस्ने प्रयास गर्ने एक युवामाथि सेनाले प्रत्याक्रमण गर्दा आक्रमणकारीको मृत्यु भएको फ्रान्सको गृहमन्त्रालयले जनाएको छ । शनिबार विमानस्थलमा सैनिकको हतियार खोस्ने प्रयास गरेपछि विमानस्थलमा पुगेका हजारौँ हवाईयात्रु सुरक्षार्थ भागदौड गर्दा विमानस्थलको वातावरण त्रासदीपूर्ण देखिएको थियो भने केहीबेर विमानस्थलका गतिविधि अवरुद्ध बनेका थिए ।

घटनामा आक्रमणकारीको मृत्यु भए पनि अन्य कोही पनि घाइते नभएको विमानस्थल स्रोतले जनाएको छ । फ्रान्समा सन् २०१५ को जनवरीमा इस्लामिक जिहादी समूहद्वारा गराइएका शृङ्खलाबद्ध आक्रमणमा २३० जनाको मृत्यु भएपछि फ्रान्सले सुरक्षाकर्मीलाई उच्च सतर्क अवस्थामा विभिन्न स्थानमा तैनाथ गर्दै आएको छ ।

फ्रान्समा आगामी अफ्रिल २३ मा राष्ट्रपतिका लागि पहिलो प्रतिस्पर्धा हुँदैछ र यहाँका मतदातामा मतदानमा सहभागी हुने क्रममा सुरक्षाको त्रास कायम रहँदै आएको छ ।

बेलायती राजकुमार विलियम र उनकी श्रीमती केटको फ्रान्सका लागि भएको औपचारिक भ्रमणको दोस्रो दिन भएको यस आक्रमण प्रयासले पेरिसवासीलाई यसवर्ष फेरि तर्साएको छ । फ्रान्सका गृहमन्त्री ब्रनोले रेक्सले बताएअनुसार विमानस्थलमा शनिबार मारिएका व्यक्ति पेरिसको उत्तरी क्षेत्रमा प्रहरीमाथि गरेको आक्रमणसँग आबद्ध रहेको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको थियो ।

उक्त व्यक्तिले सेनाका एक जवानसँगबाट हतियार खोसी एक पसलमा लुकिरहेका बेला सुरक्षाकर्मीद्वारा गरिएको कारबाहीमा उसको मृत्यु भएको हो । रासस÷एएफपी

प्रकाशित मितिः २०७३ चैत ६

वि.सं.२०७३ चैत ६ आइतवार १३:४४ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...

फर्कियो सेयर बजारमा रौनकता : कारोबार रकम पनि बढ्यो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

फर्कियो सेयर बजारमा रौनकता : कारोबार रकम पनि बढ्यो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७९ असार १६ बिहीवार १५:४४

काठमाडौं । विहीबार सेयर बजार हरियाली बनेको छ । आज...

२५ प्रतिशत बोनस सेयर तपाईको खातामा आयो त ?

२५ प्रतिशत बोनस सेयर तपाईको खातामा आयो त ?

वि.सं.२०७९ असार १६ बिहीवार ११:०३

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण...

‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक, यस्ता छन् सुविधा

‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक, यस्ता छन् सुविधा

वि.सं.२०७९ असार १६ बिहीवार १०:५२

काठमाडौं । एन आई सी एशिया बैंकले आषाढ १२ गते...

थपियो सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद, कति र कहिलेसम्म भर्न पाइने ?

थपियो सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद, कति र कहिलेसम्म भर्न पाइने ?

वि.सं.२०७९ असार १६ बिहीवार १०:४६

काठमाडौं। सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप भएको...