back
NMB ad

अब ३९२४ रुपैयाँ शुल्क तिरेर २० लाख रुपैयाँसम्मको बीमा कभरेज पाउने

Kumari bank ad

काठमाण्डौं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको बीमा शुल्क सरकारले बर्ष दिनमै चार पटक बढाएको छ। सरकारले बढाएको शुल्कमा बीमा कभरेज सुविधा भने चार गुणाले बृद्धि गरेको छ।

२०६७/६८ सालमा १९७० रुपैयाँ बीमा शुल्क लिएर दुई वर्षको बीमा गरिन्थ्यो। त्यतिबेला दुई वर्षको करारमा दुई वर्षको मात्रै बीमा हुन्थ्यो भने रोजगारमा गएकाहरुले ५ लाख रुपैयाँसम्म मात्रै दावी गर्न पाउँथे।

अब भने रोजगारीमा गएकाहरुले ३९२४ रुपैयाँ बीमा शुल्क तिरेर २० लाख रुपैयाँसम्मको बीमा कभरेज पाउने भएका छन्। २०७३ फागुनबाट सरकारले प्राणघातक रोग लागेमा ५ लाख थप पाउने सुविधा थप्दै कुल कभरेज २० लाख रुपैयाँ पुर्याएको हो। बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले कभरेज बढाउँदै बीमा शुल्क २०७३ सालमा मात्रै चार पटक बढाएको हो। पछिल्लो शुल्क ४०० रुपैयाँ बढेको छ।

बसमा मनपरी कमिसन लिएको भन्दै बीमा समितिले हस्तक्षेप गरेर २०६९ मंसिरदेखि १८२५ रुपैयाँ बीमा शुल्क लिने गरि  वैदेशिक रोजगार बीमा सुरु गरेको थियो। त्यसपछि रोजगारीमा गएकाको मृत्यु भएमा शव ल्याउन ५० हजार रुपैयाँ पनि दिने व्यवस्था पनि थपिएको थियो।

शव ल्याउने खर्चको व्यवस्था भएको केही समयमै वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि दैनिकजसो आउने शवको संख्या पनि बढ्न थाल्यो।

त्यसपछि समितिले बीमा शुल्क २१२७ रुपैयाँ पुर्याउँदै ३५ वर्षभन्दा कम उमेर समुहहरुको उपचार खर्च, शव ल्याउन र क्रिया खर्च समेत जोडेर सात लाख ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था गरेको थियो। त्यसपछि समितिले कभरेज १० लाख पुर्यायो। यसको बीमा शुल्क ३५१० रुपैयाँ पुर्याइयो।

समितिले गत साउनमा वैदेशिक रोजगार म्यादी बीमाको अभिकर्ता कमिशन हटाउने निर्णय गरेपछि बीमा शुल्क ३५१० रुपैयाँबाट झारेर ३०८४ रुपैयाँमा ल्यायो।

समितिले २०७३ माघ १५ गतेदेखि अतिरिक्त एक वर्षको बीमा अनिवार्य गर्ने व्यवस्था थप्दै बीमा शुल्क फेरि बढाएर ३५२४ रुपैयाँ पुर्याएको हो। यो व्यवस्था १५ दिन पनि लागु नहुँदै सरकारले फेरी अर्को व्यवस्था पनि थप्यो। त्यसमा समितिले प्राणघातक रोगको पनि बीमा गर्ने ब्यवस्था मिलाएको हो।

प्राणघातक रोगको बीमा नेपालमा गरे १५ हजार
१५ वटा क्रिटिकल रोगको नेपाल भित्रै बीमा गर्ने हो भने प्रति व्यक्ति १५ हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ। वैदेशिक रोजगारीमा जाँदा ४०० रुपैयाँमा बीमा भैरहेको छ। बीमा समितिका प्रवक्ता श्रीमान् कार्कीले शुल्क बढाएसँगै कभरेज पनि थपिएको बताए।

समितिका निर्देशकसमेत रहेका कार्कीका अनुसार, १२५० जना व्यक्तिबाट उठाएको ४०० रुपैयाँले एकजनाको दावी तिर्न पुग्ने जानकारी दिए।

कामदार स्वदेश फर्किसकेपछि पनि कुनै दुर्घटनामा परी दावी परेको खण्डमा बीमा कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था पनि थप गरिएको छ।

क्रिटिकल रोगमा बीमा गर्दा दुई वर्षको लागि गए पनि ४०० रुपैयाँ र पाँच वर्षको लागि विदेश गए पनि ४०० रुपैयाँ बीमा शुल्क लाग्छ। यो शुल्कले १८ देखि ४८ बर्ष उमेरसम्मकालाई खाम्छ।

प्राणघातक रोगमा निम्न रोगहरुलाई समावेश गरिएको छ 

१) क्यान्सर  (Cancer)
२) मृगौला  (Kidney Failure)
३) उच्च रक्तचाप  (Primary Pulmonary Arterial Hypertension)
४) प्रमुख अँग प्रत्यारोपण  (Major Organ Transplant)
५) क्रोनरी धमनी वाईपास  (Coronary artery by-pass grafts)
६) महाधमनी सर्जरी  (Aorta Graft Surgery)
७) मुटु भल्भ सर्जरी  (Heart Valve Surgery)
८) झड्का   (Stroke)
९) रोधगलन  (Myocardial Infarction)
१०) कोमा  (Coma)
११) पूर्ण दृष्टी बिहिन  (Total Blindness)
१२) प्यारालाईसिस  (Paralysis)
१३) ब्रेन ट्यूमर (Benign brain tumor)
१४) बिभिन्न भाग सुन्नीएको  (Multiple Sclerosis)
१५) मानसिक रोग  (Mental illness)
७ चैत २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ चैत ७ सोमवार ११:०७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...