back
NMB ad

गौरीशंकरलाई उत्कृष्ट गाउँपालिका बनाउने अठोट

Kumari bank ad

सांसद गुरुङको संमृद्धि खाकामा स्थानीयको दह्रो समर्थन

काठमाडौं
गौरीशंकर गाउँपालिकाका अगुवाहरुले मुलुककै सवैभन्दा उत्कृष्ट, संमृद्ध र नमुनायोग्य गाउँपालिका बनाउने संकल्प गरेका छन । स्रोत साधनले निकै धनी गौरीशंकर गाउँपालिकालाई ७ सय ४४ स्थानीय तहमध्ये सवैभन्दा उत्कृष्ट बनाउने अठोट त्यस क्षेत्रका बासन्दाले गरेका हुन ।
संमृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई ब्यवहारमा कार्यान्वयन गर्दै गौरीशंकर गाउँपालिकालाई संमृद्ध र सुखी गाउँपालिकाको रुपमा बिकसित गरने छ,’ सोमवार काठमाडौंमा आयोजित एमाले गौरीशंकर गाउँपालिका सम्पर्क मञ्च गठन तथा प्रशिक्षण कार्यक्रममा दोलखा–१ का सांसद तथा एमाले केन्द्रीय सदस्य पार्वत गुरुङले भने । उनले आगामी निर्वाचनमा सूर्यमा मतदान गरी संमृद्ध गाउँपालिकाको अभियानमा योगदान गर्न र सवै मतदातालाई यस बिषयमा जानकारी गराउन अपिलसमेत गरे । गौरीशंकर गाउपालिका–५ सुरीका स्थायी बासिन्दा गुरुङको सो उदघोषलाई सवैले स्वागत गर्दै एकमतले संमृद्ध गाउँपालिकाका रुपमा बिकसित गर्ने अठोट गरेका हुन । छिमेकी मुलुक चीनसँग सीमा जोडिएको सो गाउँपालिकामा नाकावन्दीका्े असर नहुने गरी बिकासका काम अघि बढाउने संकल्पसमेत स्थानीयबासीले गरेका थिए ।
दोलखाको उत्तरी क्षेत्र गौरीशंकर, खारे, सुरी, चंखु, माबू, झ्याँक र जुँगु गाविसलाई समेटेर निर्माण गरिएको गौरीशंकर गाउँपालिका जलबिद्युतदेखि जडिबुटीसम्ममा प्रख्यात छ । सोही आधारमा सांसद गुरुङले संमृद्ध गाउँपालिका निर्माणको खाका कोरेका थिए । उनलाई गाउँपालिकाका ९ वटै वडाका स्थानीयले साथ दिँदै संमृद्धीको खाका कोर्ने बताएका हुन । उनले निर्वाचन सम्पन्न गर्ने सर्तमा एमालेले माओवादी नेतृत्वको सरकारलाई नै बजेट पेश गर्न दिने सहमति जनाएको जानकारीसमेत दिए । सांसद गुरुङले गौरीशंकरमा जल माफिया प्रवेश गर्न खोजेको भन्दै त्यो काम कुनै हातलमा हुन नदिने उदघोषसमेत गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जननेता मनद भण्डारी र प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीका सच्चा अनुयायी गौरीशंकर गाउपालिकामा रहेको भन्दै संमृद्धिको लागि दृढसंकल्प गर्नुपर्ने बताए । गौरीशंकर गाउँपालिका हरेक ढंगले स्रोत साधन सम्पन्न रहेको भन्दै उनले थोरै समय आमाले दुध खुवाएर पालेको ठाँउप्रति दिए संमृदीका लागि थप मेहन गर्न नपर्ने बताए । ‘संमृद्ध गाउँपालिका निर्माणको प्रष्ट खाका हामीसँग छ, यसलाई कायान्वयन गर्दै अघि बढनुपर्छ,’ बस्नेतले भने । एमाले प्रदेश–३ का सदस्य सरस्वती बस्नेत, प्रदेस– सम्पर्क समन्वय समितिका संयोजक श्याम बस्नेत, दोलखाकाली पत्रकारसमाजका अध्यक्ष शन्तोष खडका, एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटी, छत्र कार्कीलगायतका अगुवाहरुले सवै जनताको सहभागितामा नमुनायोग्य गाउँपालिका बनाउने भन्दै नेतृत्व लिन सांसद गुरुङलाई सुझाए ।
‘संमृद्ध गाउँपालिका कस्तो हुन्छ, त्यो हेर्न गौरीशंकर गाउँपालिकामा आउनोस भनेर हामी ७ सय ४३ वटै स्थानीय तहका पदाधिकारीलाई खुल्ला आमन्त्रण गर्ने अवस्थामा पु¥याउने खाका हामीसँग छ, त्यस्को नेतृत्व सांसद गुरुङले गर्नुभएको छ, हामी यो काम गरेरै देखाउँछौ,’ कार्यक्रममा उनीहरुको भनाई थियो । उनीहरुले संमृद्धिको खाका कोर्न गाउँपालिकामा एमालेको नेतृत्व अनिवार्य रहेको भन्दै हरेक घरमा पुगेर मतदातालाई एमालेको पक्षमा मतदान गराउने अभियानमा लाग्न सवै अगुवाहरुलाई आग्रहसमेत गरे । सोही कार्यक्रमबाट अमृत खडकाको अध्यक्षतामा ३५ सदस्यीय गौरीशंकर गाउपालिका सम्पर्क मञ्चसमेत गठन गरिएको छ ।

७ चैत

वि.सं.२०७३ चैत ७ सोमवार २१:२२ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...