back
NMB ad

खुशीको खबर : अव सेवा दिने कम्पनी मन नपरे उही नम्बर राखेर मोवाइल परिवर्तन गर्न पाइने !

Kumari bank ad

काठमाडौं । आफूले प्रयोग गरिरहेको टेलिकम कम्पनी मन परेन भने उही नम्बर राखेर कम्पनी परिवर्तन गर्न पाइने भएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नम्बर परिवर्तन नगरी कम्पनी परिवर्तन गर्न सकिने व्यवस्था मिलाउन लागेको नागरिक न्युजले खबर लेखेको छ ।

जस अनुसार कुनै ग्राहकले नेपाल टेलिकमका सेवा मन परेन भने एनसेल वा एनसेलको सेवा मन परेन भने नेपाल टेलिकमको सेवा प्रयोग गर्न पाउने छन्। तर, यसरी सेवा प्रयोग गर्दा आफूले प्रयोग गरिरहेको नम्बर परिवर्तन गर्नुपर्ने छैन। यस नियम अनुसार मुलुकमा सञ्चालन भइरहेका ६ वटा दूरसञ्चार कम्पनीका ग्राहकले आफ्नो नम्बर त्यही राखेर आफूलाई मन परेको कम्पनी छान्न पाउने छन्।

यो व्यवस्था मिलाउन प्राधिकरणले काम अघि बढाइसकेको छ। जसलाई मोबाइल नम्बर पोर्टाबिलिटी (एमएनपी) भनिन्छ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले ग्राहकको नम्बर एउटै राखेर कम्पनी परिवर्तन गर्न सकिने व्यवस्था मिलाउन लागेको बताए। ‘हामीले ग्राहकको नम्बर परिवर्तन नगरी कम्पनी परिवर्तन गर्न सकिने व्यवस्था मिलाउन लागेका छौं,’ अर्यालले भने, ‘यसो भएमा कुनै पनि ग्राहकलाई चलाइरहेको सेवा मन परेन भने कम्पनी परिवर्तन गर्न सक्छन्।’

प्राधिकरणले एमएनपी लागू गर्न अन्तर्राष्ट्रिय परामर्शदातालाई आह्वान गरेको थियो। जस अनुसार चार कम्पनीले काम गर्न इच्छा देखाएका छन्। अर्यालका अनुसार भारतबाट दुई तथा बेलायत र नेदरल्यान्डबाट १–१ कम्पनी आएका छन्। बेलायतबाट लौरास्का एसोसिएट आएको छ। भारतबाट अन्र्स्ट एन्ड योङ र नेदरल्यान्डबाट रविल कन्सल्टिङ छन्।

प्रस्तावित कम्पनीबाट थप प्रस्ताव माग गर्ने तयारी प्राधिकरणले गरेको छ। ‘उनीहरूबाट आर्थिक र प्राविधिक प्रस्ताव माग गर्दैछौं,’ अर्यालले भने, ‘उनीहरूको प्रस्ताव अध्ययन गरेर एक कम्पनी छानिनेछन्।’

परामर्शदाताले ग्राहकले कसरी एक कम्पनीबाट अर्को कम्पनीमा परिवर्तन गर्ने भन्नेमा प्राविधिक सहयोग गर्नेछन्। कम्पनी परिवर्तन गर्ने प्रावधान बनाउनुअघि उसले एउटै नम्बर राखेर कम्पनी परिवर्तन सम्बन्धी निर्देशिका तयार गर्नुपर्ने हुन्छ। त्यसैगरी, सिममा कति ब्यालेन्स त्यसको हिसाब कसरी गर्ने, सेवा प्रदायक कम्पनीबीच कस्तो प्रावधान राख्ने जस्ता विषयलाई सम्बोधन गर्नुपर्ने हुन्छ।

यो ग्राहकको हितका लागि गर्न लागिएको अर्यालको भनाइ छ। कुनै पनि ग्राहकले कम्पनीको सेवा अनुसार कम्पनी परिवर्तन गर्न पाउनु अधिकार हो तर त्यसो गर्दा उसको नम्बर परिवर्तन भयो भने उसको धेरै सम्पर्क टुट्न सक्छ। यसै विषयलाई ध्यानमा राखेर विश्वमै नम्बर परिवर्तन नगरी कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ।

‘यो अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको प्रावधान हो,’ अर्यालले भने, ‘हाम्रो पनि धेरै कम्पनी भएकाले ग्राहकलाई त्यो सुविधा दिन लागिएको हो।’ यसअघि पनि कम्पनी परिवर्तन गर्ने भनेर काम अघि बढाइएको थियो। उसबेला नेपाल टेलिकमको एकलौटी बजार थियो। एनसेलको ग्राहक धेरै कम भएकाले कम्पनी परिवर्तन सम्बन्धी नियम (एमएनपी) लागू गर्न अप्ठेरो परेको थियो। ‘त्यो बेला नेपाल टेलिकमका ग्राहकभन्दा एनसेलका ग्राहक अत्यन्तै न्यून थिए,’ अर्यालले भने, ‘अहिले झन्डै बराबर जस्तै भएकाले यो नियम लागू गर्न सकिने अवस्थमा हामी छौं।’

हाल मुलुकमा ६ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनी छन्। सरकारी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले कुल टेलिकम बजारको झन्डै ९९ प्रतिशत हिस्सा ओगट्छन्। त्यसबाहेक स्मार्ट टेलिकम, युटिएल, एसटिएनएस र स्याटेलाइट टेलिकम सञ्चालनमा छन्।

प्राधिकरणको वार्षिक प्रतिवेदन ०७२/७३ अनुसार नेपाल टेलिकमका मोबाइल ग्राहक संख्या एक करोड २७ लाख ९९ हजार छ। एनसेलका ग्राहक एक करोड ४१ लाख ४५ हजार छन्। स्मार्ट टेलिकमको १३ लाख ९७ हजार पाँच सय, युटिएलको पाँच लाख ९० हजार, नेपाल स्याटेलाइटको तीन लाख ७१ हजार ६ सय ग्राहक छन्।

वि.सं.२०७३ चैत ८ मंगलवार ११:५१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...