back
NMB Ad

आजदेखि खुलेको कोरिया भाषा परीक्षाका लागि हेर्नुहोस् कहाँबाट दिने आवेदन

Royal Enfield Inside Page Banner

नेपालमा पहिलो पटक रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि अनलाइन फारम आजदेखि फारम खुला भएको छ।  फारम भर्नका लागि ग्लोबल आइएमइ बैंकमार्फत शुल्क तिर्नुपर्ने हुन्छ।

रोजगारीका लागि आकर्षक गन्तव्य भएको कोरियामा रोजगारीका लागि घन्टौं लाइनमा बसेर आवेदन दिने गरेका थिए। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष करिब ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको छ।

अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंकका तोकिएका शाखामा आवेदन शुल्क २४ अमेरिकी डलर पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको भौचरक नम्बर राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ। साथै फारम भर्दा एमआरपी अनिवार्य हुनुपर्छ।

कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बुधबार बिहान ९ बजेदेखि अनलाइन आवेदन फारम खुला हुनेछ। यसरी खुला भएको अनलाइन आवेदन फारम यही चैत १८ गते राति १२ बजेसम्म भर्न पाइनेछ। शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस् भनी आठ जनाभन्दा बढी इन्जिनियर २४ सै घन्टा सम्पर्कमा राख्ने भएको छ।

शाखाले वैदेशिक रोजगार विभाग, शाखा, सफ्टवेयर ह्याङगर, ग्लोबल आईएमई बैंक, बल्र्ड लिंक र सुबिसु इन्टरनेट प्रदायक कम्पनीका इन्जिनियरको सहयोगमा अनलाइन प्रणाली विकास गरेको हो। तर, प्राविधिक काममा केही समस्या आए पनि तत्कालनै समाधान हुने खतिवडाको भनाइ छ।

फारम भर्नका लागि इमेल आईडी पनि आवश्यक पर्छ। परीक्षा आवेदन फारम भर्नेको प्रवेशपत्र इमेल आईडीमै आउने छ। जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

परीक्षा २०७४ जेठ २७ र २८ गते हुने तय भएको छ। कोरियाले सन् २०१८ मा कृषि क्षेत्रमा काम गराउन ६ हजार र उत्पादनमूलक क्षेत्रमा काम गराउन चार हजार कामदार लैजान यस अघिनै निर्णय गरिसकेको छ। परीक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन र्फम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नुपर्नेछ। उत्पादनमुलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषि तर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।

अनलाइन फारम भर्न  www.eoers.epsnepal.gov.np/ मा जानुपर्छ ।

९ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ९ बुधवार ११:३३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु   

पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु   

वि.सं.२०८१ माघ २१ सोमवार १९:३५

 काठमाडौँ : ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका...

भोली प्रदेशभर सार्वजनिक बिदा (सूचनासहित)

भोली प्रदेशभर सार्वजनिक बिदा (सूचनासहित)

वि.सं.२०८१ माघ २१ सोमवार १९:२९

पोखरा । गण्डकी प्रदेश सरकारले भोली माघ २२ गते प्रदेशभर...

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा कति पर्यो आवेदन ?

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८१ माघ २१ सोमवार १७:५१

काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिनमै माग भन्दा...

चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक: बिग ह्याच विथ फाइभ स्टार लक्जरी

चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक: बिग ह्याच विथ फाइभ स्टार लक्जरी

वि.सं.२०८१ माघ २१ सोमवार १७:३७

चितवन : नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले बागमती...

लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ माघ २१ सोमवार १७:२०

काठमाडौं । नेपालकै पहिलो र एकमात्र शतप्रतिशत भिट्रिफाइड टाईल्स्, लामिनार...

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

वि.सं.२०८१ माघ २१ सोमवार १७:०२

काठमाडौं । मिति २०८१ पौष २० गते काठमाडौमा नाडाले आफनो...