back
NMB ad

तपाईलाई पर्यो त ? हाईड्रोको १० लाख ६५ हजार कित्ता सेयर यसरी बाँडफाँड भयो !

Kumari bank ad

काठमाडौ । हिमालयन पावर पार्टनर लिमिटेडले स्थानीय बासिन्दालाई बिक्री गरेको १० लाख ६५ हजार ४१७ कित्ता सेयर बुधबार बाँडफाँट गरेको छ । आयोजना प्रभावित लमजुङ जिल्लाको चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ, अर्चलबोट गाविसका बासिन्दालाई ५ लाख ३२ हजार ७०८ कित्ता र बाँकी लमजुङ जिल्लाबासीलाई ५ लाख ३२ हजार ७०९ कित्ता सेयर बाँडफाँट भएको हो ।

आयोजना प्रभावित बासिन्दाको हकमा न्यूनतम ५० कित्ता सेयर आवेदन दिनेले गोलाप्रथाबाट ३४ कित्ता पाएका छन् भने अन्य जिल्लाबासीले चाहिँ समानुपातिक हिसाबले सेयर हात परेका छन् ।

यस आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको हो । बाँडफाँडमा नरपरेका लगानीकर्ताको रकम चैत १५ गतेदेखि आवेदन फारममा उल्लेख गरिएको बैंक खातामा पठाइने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

हिमालयन पावरले माघ १७ देखि फागुन २ गतेसम्म १० लाख ६५ हजार ४१७ कित्ता साधारण सेयरको बिक्री खुला गरेको थियो । यसमा कुल नौ हजार ४७४ जनाले आवेदन दिएका थिए ।

प्रकाशित मितिः २०७३ चैत ९

वि.सं.२०७३ चैत ९ बुधवार १३:४३ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...