back
Kumari Bank

जानीराख्नोस्,चैत्र महिनाभित्र पाँच बैंकको सेयर आउँदै !

काठमाडौ । हकप्रद सेयर नबिकेर यतिबेला बैकहरुले लिलामिमा रहेको सेयर निकाल्ने गरेका छन् । दैनिक लिलिामिमा बिभिन्न बैंकहरुको सेयर आईरहेको छ । यस्तैमा चैत महिनाभित्रै पाँच बैंकहरुले लिलामीमा सेयर निकाल्ने निर्णय गरेका छन् ।

हेर्नुहोस् कुन कुन बैंकको सेयर लिलामिमा आउँदैछ :–

वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेड

वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले चैत्र १३ गतेदेखि २१ गतेसम्मका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । वेष्टर्नले गत मङ्सिर २२ गतेदेखि माघ १० गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो । सो क्रममा नबिकेको संस्थापक समूहतर्फ एक लाख ६३ हजार पाँच सय एक कित्ता र सर्वसाधारण समूहतर्फ ६२ हजार एक सय ३४ कित्ता सेयरको लागि बैंकले बोलपत्र आह्वान गरेको हो ।

मेगा बैंक नेपाल लिमिटेड

मेगा बैंक नेपाल लिमिटेडले २५ प्रतिशत हकप्रद निष्काशनको क्रममा नबिकेको तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर चैत १३ गतेदेखि लिलामीमा निकाल्ने भएको छ । बैंकले एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर र दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर चैत्र २० गतेसम्मका लागि लिलामीमा राख्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंग लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन गर्न सक्नेछन् । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय नक्सालमा चैत २१ गते खोल्ने जनाएको छ ।

सेती फाइनान्स लिमिटेड

सेती फाइनान्स लिमिटेडले हकप्रद जारी गर्दा नबिकेको संस्थापक सेयर केही साताअघि लिलाममा निकाल्दासमेत किन्ने अति न्यून भएपछि एक लाख ८० हजार कित्ता फेरि लिलाममा निकाल्ने भएको छ । फाइनाइन्सले यसअघि फागुन ११ देखि १९ गतेसम्म एक लाख ८३ हजार दुई सय ३५ दशमलव ८६ कित्ता संस्थापक सेयरको लिलामी खुला गरेकोमा जम्मा तीन हजार दुई सय कित्ता संस्थापक सेयरमात्र बिकेको थियो । बाँकी एक लाख ८० हजार ३५ कित्ता संस्थापक सेयर बिक्री हुन सकेन । साधारण सेयर भने ६६ हजार छ सय ८२ दशमलव १४ कित्ता मध्ये सबै बिक्री भएको थियो । अहिले खुला गर्न लागेको संस्थापक सेयर लिलामीमा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल र सेती फाईनान्सको कार्यालय टिकापुर, कैलालीबाट चैत १३ देखि १७ गतेसम्म आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ । बोलपत्र चैत २० गते क्यापिटलको कार्यालय लाजिम्पाटमा खुला हुनेछ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत पुसमा शतप्रतिशत हकप्रद सेयर निष्काशनका क्रममा नबिकेको ९७ हजार पाँच सय २६ कित्ता सेयर लिलामीमा निकाल्न लागेको हो । बैंकले ४० हजार ८ सय २६ कित्ता सर्वसाधारण समूहको सेयर र ५६ हजार ७ सय कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको जानकारी दिएको छ । लगानीकर्ताले चैत १८ गतेदेखि चैत २५ गतेसम्म लिलामी सेयर खरिद गर्न सक्ने छन् । सो लिलामीमा घटीमा १०० कित्ता सेयर आवेदन दिन पाइने छ । मुल्य पनि कम्तीमा १०० रुपैयाँ तोक्नुपर्ने छ । बैंकको सेयर निष्काशन तथा विक्रीसम्बन्धी प्रबन्ध मिलाउने जिम्मा एनएमबि क्यापटलबाट हुनेछ । एनएमबि क्यापिटलको केन्द्रिय कार्यालय नागपोखरी र सप्तकोशी बिकास बैंकको प्रधान कार्यालय बिराटनगरबाट सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड

काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडले एक लाख सात हजार छ सय एक दशमलव २० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । काष्ठमण्डपले सर्वसाधारण समूहतर्फको सेयर चैत २२ गतेदेखि लिलामीमा निकाल्न लागेको हो । आवेदकले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी काठमाडौंमा पुग्ने गरी चैत्र २८ गतेसम्म आवेदन फारम बुझाउन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोेकी निवेदन दिनुपर्नेछ । बोलपत्र चैत ३० गते एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी काठमाडौंमा खोलिने बताइएको छ । यसअघि काष्ठमण्डपले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म १६ लाख ९९ हजार ७४१।७० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही क्रममा नबिकेको सर्वसाधारणतर्फको सेयर बैंकले लिलामीमा विक्री गर्न लागेको हो ।

प्रकाशित मितिः २०७३ चैत १०

वि.सं.२०७३ चैत १० बिहीवार १४:१४ मा प्रकाशित

You can share this post!

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:५०

काठमाडौँ :  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट...

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

वि.सं.२०८२ असार ३१ मंगलवार ११:४०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार ३१ मंगलवार ११:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद...

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:१३

भीष्मराज ओझा  काठमाडौँ : परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले...

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

वि.सं.२०८२ असार ३१ मंगलवार ११:०४

काठमाडौं । अब घरमै बसेर पनि प्रोफेशनल सोफा सफाइ सेवा...

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

वि.सं.२०८२ असार ३१ मंगलवार १०:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार...