back
NMB ad

५ कम्पनीको ८२ प्रतिशतसम्मको बोनस दर स्विकृत भयो नछुटाउनुहोला !

Kumari bank ad

काठमाडौं । बीमा समितिले पाँच वटा जीवन बीमा कम्पनीको बोनस दर स्वीकृत गरेको छ । समितिले मेट लाइफ एलिको, नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)को बोनस दर स्वीकृत गरेको हो ।

स्वीकृत दर अनुसार नै ती कम्पनीहरुले आफ्ना विमितहरुलाई बोनस वितरण गर्न पाउनेछन् । समितिका अनुसार मेट लाइफ एलिकोले आर्थिक बर्ष २०७२र७३ को नाफाबाट आफ्ना विमितहरुलाई बिभिन्न बीमा योजनामा प्रति हजार ३५ देखि ६० प्रतिशतसम्म बोनस दिन सक्ने स्वीकृत दिएको छ ।

कम्पनीले एक देखि १५ बर्षसम्मको सावधिक जीवन बीमामा ४० प्रतिशत, १६ देखि २० बर्षे अवधीमा ५० प्रतिशत, २१ बर्ष बढिको अवधीमा ६० प्रतिशत बोनस दिने पाउनेछ । कम्पनीले जीवन बीमालेख योजनामा १ देखि १५ बर्षे योजनामा ३५ प्रतिशत, १६ देखि २० बर्षे अवधीमा ४५ प्रतिशत र २१ बर्ष भन्दा बढि अवधीको योजनाका लागि ५५ प्रतिशत प्रतिहजार लाभांश दिन सक्नेछ । एजुशेन प्रोटेक्सन प्लानको एक बर्षदेखि १५ बर्षे योजनामा ४०, १६ देखि २० बर्षका लागि ५० र २१ देखि बढि अवधीका लागि ६० प्रतिशत बोनस दिन पाउनेछ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमाको ५ देखि १५ बर्षे अवधीका लागि ६५ प्रतिशत, १६ देखि २० बर्षे अवधीका लागि ६५ प्रतिशत नै र २१ देखि २५ बर्षे अवधीको बीमाका लागि ७२ प्रतिशत बोनस दिन सक्नेछ । २६ बर्ष भन्दा बढिको योजनाका लागि भने ८२ प्रतिशतसम्म बोनस दिन पाउनेछ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बाल सावधिक योजनाका लागि ९ बर्षसम्म ३५ प्रतिशत, १० देखि १४ बर्षका लागि पनि ३५ प्रतिशत नै, १५ देखि १९ बर्षका लागि ४५ प्रतिशत,२० देखि २४ बर्षका लागि ५५ प्रतिशत, २५ देखि बढि अवधीका लागि ७० प्रतिशत प्रतिहजारका दरले बोनस दिन सक्नेछ ।

त्यस्तै, साबधिक योजनाको ० देखि ९ बर्षसम्म ३७ प्रतिशत, १०देखि १४ बर्षसम्म ३७ प्रतिशत, १५ देखि १९ बर्षसम्म ४७ प्रतिशत, २० देखि २४ बर्षसम्म ५७ प्रतिशत र २५ वा सो भन्दा माथी ७२ प्रतिशतसम्म बोनस दिनेछ । सावधिक तथा आजिवनको ० देखि ९ बर्षे अवधीमा ४७ प्रतिशत, १० देखि १४ बर्षका लागि ४७ प्रतिशत, १५ देखि १९ बर्षका लागि ५७ प्रतिशत, २० देखि २४ प्रतिशतका लागि ६७ प्रतिशत र २५ वा सो भन्दा माथीका लागि ८२ प्रतिशत बोनस पास भएको हो ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमा योजनाका लागि ० देखि १४ बर्षे अवधीमा ४१ प्रतिशत, १५ देखि १९ बर्षका लागि ४६ प्रतिशत, २० देखि २४ बर्षका लागि ५१ प्रतिशत र २५ वा सो भन्दा माथिका लागि ७६ प्रतिशत बोनस दिन सक्नेछ ।

आजिवन योजनाका लागि ० देखि १४ बर्षे अवधीमा ४१ प्रतिशत, १५देखि १९ बर्षे अवधीका लागि ४६ प्रतिशत, २० देखि २४ बर्षे अवधीका लागि ५१ प्रतिशत तथा २५ बर्ष वा सो भन्दा माथिका लागि ७६ प्रतिशत बोनस दिन सक्नेछ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले सावधिक बीमा योजना(३३३), जीवन आनन्द बीमा योजना(३४२), बाल सावधिक बीमा योजना(३४९) र जीवन विद्या बीमा योजना(३५२)को ५ देखि १९बर्षे अवधीका लागि ६१ प्रतिशत, २० देखि २४बर्षे अवधीका लागि ६५ प्रतिशत र २५ बर्ष वा सो भन्दा माथिका लागि ७५ प्रतिशत बोनस दिन पाउनेछ ।

धन फिर्ता बीमा योजना, बाल ममता बीमा योजना, बाल स्नेह बीमा योजना, बाल स्नेह बीमा योजना, गृह लक्ष्मी बीमा योजनाको १५ बर्षे अवधीका लागि ६१ प्रतिशत, २० बर्षे अवधीका लागि ६२ प्रतिशत र २५ बर्षे अवधीका लागि ६३ प्रतिशत बोनसले स्विकृति पाएको हो ।आजिवन बीमा योजना अन्तर्गत जीवन तरंग बीमा योजनामा १० बर्षे अवधीका लागि ६१ प्रतिशत, १५ बर्षे अवधीका लागि ६३ प्रतिशत र २० बर्षे अवधीका लागि ७२ प्रतिशत बोनस दिने पाउने अनुमति समितिले दिएको छ ।

यी पाँच वटा कम्पनीमा बिमा गराउने नागरिकलाई कम्पनीले समितिको अनुमति अनुसार नै बोनस वितरण गर्नेछ ।

प्रकाशित मितिः २०७३ चैत १२

वि.सं.२०७३ चैत १२ शनिवार १०:५२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...