back
NMB ad

च्याउखेतीबाटै मासिक रुपमा लाखौं आम्दानी

Kumari bank ad

धुलिखेल । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन्। त्रिपन्न वर्षीय उनले १२ वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउखेती गर्दै आएका हुन्।

अहिले उनी खोपासी बजारभन्दा केही वर जयमाँ हारती च्याउ उद्योग खोलेर काम गरिरहेका छन् । उनले त्यहाँ च्याउ उत्पादनको उद्योग नै खोलेको एक वर्ष जति भयो । सोही च्याउ उद्योगबाट उनले दैनिक २ सय देखि २ सय ५० केजीसम्म उत्पादन गरी बिक्री गरिरहेका छन् । त्यहाँबाट उत्पादन भएको च्याउ काभ्रेपलाञ्चोकको बनेपालगायत काठमाडौँको बजारसम्म पुगेको उनले बताए ।

स्थायी घर नै त्यही भएका कृष्णदास ३० वर्ष अगाडिदेखि नै च्याउको खेती गर्न थालेको बताउँछन् । उनी भन्छन् – “अहिले म व्यावसायिक रुपमा नै यसै खेतीलाई निरन्तरता दिइरहेको छु ।” यसरी गरिएको खेतीबाट मासिक रु तीनदेखि चार लाख कमाइ हुने उलकको भनाइ छ । “खेती पहिलादेखि नै गरेको भए पनि यसरी मासिक तीन÷चार लाखको कमाइ गरेको भने करिब एक वर्ष जति भयो,” कृष्णदासले भने ।

उनी भन्छन्, “मेरो उद्योगमा काम गर्ने मान्छे दैनिक ११÷१२ जना हुन्छ । उनीहरु दैनिक प्लास्टिकको थैलीमा पराल भर्ने हो ।” त्यससँगै रेखदेख गर्न थप मान्छे राखिएका छन् ।

च्याउखेतीको अनुभव सुनाउँदै उलकले भने – “तीस वर्ष अगाडिको कुरा हो, पहिला च्याउ कसैले पनि खाँदैनथ्यो । यहाँदेखि काठमाडौँको खिचापोखरीसम्म बेच्न लाँदा खेरी पनि खाने मान्छे भेटिएन । च्याउ खायो भने मान्छे मर्छ भन्ने बुझाइ थियो मान्छेमा ।”

उनले भने – “त्यसै कारणले त्यहाँदेखि बीचमा च्याउखेती गर्न छाडेको थिएँ । पछि आएर सबैको चासो र खाँचोको विषय भएपछि पुनः सुरु गरेँ, यसै खेतीबाट आफैँले खाएर, कामदारलाई दिएर सबै खर्च कटाएर १२ वर्षको बीचमा रु ४५÷५० लाख जति नगद कमाइ गरेको छु । यो पेसाबाहेक अरु कुनै पनि काम गरेको छैन ।” च्याउ उद्योगमा पुग्ने जो कोहीसँग पनि कुरा गर्ने समय हुँदैन उलकको । उनी च्याउ उद्योगमा आउनेसँग काम गर्दै कुरा गर्ने गर्छन् ।

“कमाएको जति सबै च्याउखेतीमै लगानी गरिरहेको छु,” उलकले भने, “अहिले यस उद्योगबाहेक तीन ठाउँमा यस्तै च्याउखेती गरिरहेको छु ।” अहिले भने कामका लागि थप कामदार राखेका छन् । उनले एक वर्ष अगाडिदेखि वार्षिक ८० हजारमा पाँच रोपनी जग्गा लिजमा लिएर काम गरिरहेका छन् । सबैजसो खेती गरेको जग्गा भाडामा नै लिएको उनको भनाइ छ ।

त्यही खेतीबाट दुई छोरा र एक छोरीलाई पढाएको बताउने उनको अहिले दुई छोरामा एक डोजर अपरेटर र अर्को डोजर चालक रहेका छन् । “छोरीले यसै च्याउखेतीमै काम गरिरहेको छ,” उनले भने – “सुरुमा उनीहरुलाई आफैँले लगानी गरेर काम सिकाएको हुँ । अहिले छोराछोरीका लागि कुनै खर्च दिनु पर्दैन ।” सबै उनीहरु आ–आफैँले कमाएर खाने भएको उलकले बताए । उनले अहिले कन्ये च्याउको खेती गरिरहेका छन् । केही समयपछि सिताके च्याउको उत्पादन गर्ने उनको योजना छ ।

१४ चैत २०७३, रासस, ११।००

वि.सं.२०७३ चैत १४ सोमवार ११:१६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...