back
NMB ad

रु १० अर्बको लगानीमा निर्माण भइरहेको जलविद्युत बारे जान्नुहोस्

Kumari bank ad

काठमाण्डौं । आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुने आयोजनाको गत शुक्रबार शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो ।

एक सय मिलियन अर्थात् रु १० अर्बको लगानीमा निर्माण हुने यो आयोजना पूर्वकै ठूलो र बहुप्रतिक्षित मानिएको छ । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिङ्गापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत लगानी रहेको छ । सन् २०१२ मा इन्फ्राको एसिया र यसको स्थानीय साझेदार बुटवल पावर कम्पनीले नेपालमा जलविद्युत् आयोजना निर्माण गर्न संयुक्त उद्यम कम्पनीको स्थापना गरेका थिए जसले पहिलो आयोजनाको रुपमा काबेली ए जलविद्युत् आयोजना निर्माण गर्न लागेका हुन् । इन्फ्राको एसियाले आफ्नो दक्षता, लगानी र अन्तर्रा्ष्ट्रिय पुँजीमा पहुँच पुयाई स्थानीय निजी क्षेत्रलाई सहयोग गर्दै आएको छ ।

आयोजनामा विश्व बैंक, अन्तर्रा्ष्ट्रिय वित्त निगम ९क्यानेडियन जलवायु परिवर्तन कार्यक्रम०, नेपाल जलविद्युत् लगानी तथा विकास कम्पनी र एनआइसी एसिया बैंकको ऋण सहयोग रहेको जनाइएको छ । झिझ्याङ र टिडब्लुसिडब्लु नामक दुईवटा चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएका छन् ।

आयोजनाको शुक्रबार स्थानीय वृद्ध दुर्गा भण्डारीले शिलान्यास गर्नुभएको थियो । सो कार्यक्रममा काबेली इनर्जी प्रालिका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार आयोजनाको काम अघि बढ्ने भएकाले निर्माण कार्यले गति लिने बताएका थिए। यता आयोजना सम्पन्न गर्न ठूलो चासो देखाएकामा स्थानीय बासिन्दाबाट प्रभावित आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले उनीहरुबाट निरन्तर सहयोग हुने आशा व्यक्त गरे।

पाँचथर अमरपुरको वडा नं २ र ५ को खोलाखर्कमा पोखरी निर्माण गरी साढे चार किमी सुरुङमार्गसहित पिनासी घाटमा विद्युत् गृह निर्माण गरिनेछ । पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ आयोजनाबाट प्रभावित क्षेत्रमा पर्छन् । आयोजनाको निर्माण कार्य सन् २०२० को अप्रिलमा सम्पन्न हुने बताइएको छ ।

१५ चैत २०७३, रासस, ११।००

वि.सं.२०७३ चैत १५ मंगलवार १२:२२ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...