back
NMB ad

आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण !

Kumari bank ad

काठमाडौ। एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७३÷०७४ मा कुल गाह्रस्थ उत्पादन वृद्धिदर ५.२ देखि ६.२ प्रतिशतको बीचमा रहने संशोधित प्रक्षेपण सार्वजनिक गरेको छ । गत वर्ष चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन वृद्धिदर एडबीबीले ४.८ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर , मौसमका कारण देशको कृषि उत्पादनमा वृद्धि हुनुुका साथै देशमा भूकम्पपछिको पुनर्निर्माणले पनि गति लिएका कारण पूर्वअनुमान गरिएभन्दा समग्र आर्थिक परिदृश्य राम्रो देखिएको एडीबीले जनाएको छ ।

रासायनीक मलको सहज उपलब्धता र औसतभन्दा बढी मौसमी वर्षात् भएका कारण देशको आर्थिक स्थितीमा सुधार आउने देखिएको छ । साथै विद्युत आपुर्तिमा आएको उल्लेख्य सुधारका कारण पनि देशको आर्थिक परिदृश्य आशा लाग्दो भएको एडीबीको भनाइ छ ।

एक पत्रकार सम्मेलन गर्दै नेपालका लागि एडीबीका प्रमुख अर्थबिद् शरद भण्डारीले भने ‘सामान्य अवस्थामा फर्केको ब्यापार, लोडसेडिङमा आएको कमी र भूकम्प पछिको पुनर्निर्माणले लिएको गतिका कारण यसवर्ष देशको आर्थिक परिदृश्य आशालाग्दो देखिएको छ ।’

प्रकाशित मितिः २०७३ चैत १५

वि.सं.२०७३ चैत १५ मंगलवार १७:२५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...