back
NMB ad

नेप्से ५ प्रतिशतले बढेपछि कारोबार बन्द

Kumari bank ad

काठमाडौ । सेयर बजार ५ प्रतिशतले बढेपछि मंगलबारका लागि कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ५.०१ प्रतिशतले बढेको छ । समग्रमा नेप्से ७६.७९ विन्दुले बढेर १६१०.६२ विन्दुमा आइपुगेको हो ।

दुई बज्दासमम्म नेप्सेमा १४४ कम्पनीको एक अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २५ लाख ९८ हजार ५५७ कित्ता सेयर किनबेच भएको हो । सुरुमा ३ प्रतिशतले बजार बढेपछि १५ मिनेटका लागि कारोबार रोकिएको थियो ।

दुई बजे आसपासमा फेरि बजार ५ प्रतिशतले बढेपछि दिनभरका लागि कारोबार स्थगित गरिएको हो । मंगलबार तीन पटक सर्किट ब्रेकर लागेको हो । बजार ५ प्रतिशतले बढेमा दिनभर नै कारोबार स्थगित हुने प्रावधान छ । स्थानीय निकाय निर्वाचन हुने आशमा बजारमा उछाल आएको हो । चुनाव भएमा बजारमा पैसा आउने र त्यो पैसा सेयर बजारमा जाने लगानीकर्तामा विश्वास देखिएको छ ।

प्रकाशित मितिः २०७३ चैत १५

वि.सं.२०७३ चैत १५ मंगलवार १७:३४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...