back
NMB ad

हिमालय एयरलाइन्सको तेस्रो जहाज आयो, युरोप र अमेरिका उडान गर्ने तयारी

Kumari bank ad

काठमाडौ। निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्सले तेस्रो जहाज भित्र्याएको छ। यो सँगै कम्पनीले एक बर्षभित्र तीनवटा जहाज भित्र्याएको हो। सुरुमा एउटा विमानबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको कम्पनीले दोस्रो एयरबस विमान फागुनमा ल्याएको थियो।

फ्रान्सेली कम्पनी एयरबसको ए ३२०–२१४ सिरिजको न्यारोबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। कम्पनीले एयरबसवाटै सिधै नयाँ विमान खरिद गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए।

एयरवसको जर्मनीमा भएको फ्याक्ट्रीवाट सो विमान उत्पादन भएको जनाइएको छ। जर्मनीवाट सो विमान काठमाडौं ल्याइएको हो।

हिमालयले नेपाल नागरिक उड्ययन प्राधिकरणवाट नयाँ विमानको कलसाइन पनि पाइसकेको छ। नयाँ विमानको लागि ९ एन–एएलडब्लुु नम्बर पाएको कम्पनीले जनाएको छ।

विस २०७१ सालमा नेपाली र चिनियाँ कम्पनीको संयुक्त लगानीमा स्थापित भएको हिमालयले छोटो समयमा नेपालको अन्तराष्ट्रिय उडानमा फड्को मारेको छ। हिमालयमा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत र बाँकी नेपाली प्रमोटरहरुको लगानी रहेको छ।

यसअघि नै एयरलाइन्सले दुईवटा विमानबाट कम्पनीले मलेसिया,कतार,श्रीलंका र म्यानमारमा उडान गरिरहेको छ। जहाज थप भएसँगै पहिलो चरणमा साउदी अरबको दमाम, हङकङ, भारतको दिल्ली, अहमदावाद र चेन्नाई उडान गर्ने जनाएको छ। त्यस्तै दोस्रो चरणमा दुवई, बैंकक चीनको वेइजिङ, ल्हासा र छेंदगुमा डाइरेक्ट फ्लाइट गर्ने कम्पनीले जनाएको छ।

त्यस्तै कम्पनीले तेस्रो चरणमा एयरवसको थप वाइडवडी विमान ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिका डाइरेक्ट फ्लाइट गर्ने तयारीमा छ ।

प्रकाशित मितिः २०७३ चैत १९

वि.सं.२०७३ चैत १९ शनिवार १३:५३ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...